५ पुस २०८२, शनिबार | December 20, 2025

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउने महाअभियान चलिरहेको छ : भीम रावल



काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए ।

वैदेशिक रोजगार कम्पनी भएकाहरू श्रममन्त्री, एकदम महंगो निजी स्कुल भएकाहरू शिक्षामन्त्री रहेको र नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धितलाई गृह मन्त्री बनाउन खोजिएको उनको आरोप  छ । ‘के देशमा साँच्चै सुशासन आउन लागेको हो ? हामीले बहुदली व्यवस्था ल्यायौं। गणतन्त्र ल्यायौं । यसको अभिष्ट के थियो ? यत्रो मानिसहरूले रगत किन बगाए, ?’ उनले प्रश्न गरे ।

उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको