२० श्रावण २०८३, बुधबार | August 5, 2026

अनाथ बालिकाको जन्मोत्सवमा आश्रममा सांगितीक कन्सर्ट



काठमाडौं । अनाथ बालिकाको जन्मोत्सवको अवसर पारेर नेपालका राष्ट्रिय कलाकारहरुले तुलसालय आश्रममा सांगितीक कन्सर्ट प्रस्तुत गरेका छन् । उनीहरुले ललितपुरको नख्खुडोलमा अवस्थित तुलसालय अनाथ आश्रममा रहेकी स्तुती मठको प्रथम जन्मोत्सवका अवसरमा सोही आश्रममा सो प्रस्तुति दिएका हुन् ।

सातौँ छोरीका रुपमा जन्म दिएको केही मिनेटमा उनकी आमाको निधन भएपछि २० दिनकी स्तुतीलाई गत वर्ष हुम्लाबाट ल्याइ सो आश्रमले लालनपालन गरिरहेको छ । शनिबार आश्रमका अरु बालबालिका, अनाथ बृद्ध बा आमा तथा समाजसेवी र शुभचिन्तकहरुको उपस्थितिमा सो कन्सर्टका साथ जन्मोत्सव मनाइएको थियो । समाजसेवी बिमला आठपरिया राई र वरिष्ठ कलाकार दीपक पाठकको संयोजकत्वमा सो सांगितीक समारोहको आयोजना गरिएको हो ।

सो कन्सर्टमा कलाकारहरु दीपक पाठक, वशन्ती लामा, एलिसा राई, मुस्कान राईले आफ्ना प्रस्तुति दिएका थिए । उनीहरुको सांगितीक प्रस्तुतीमा आश्रमका बालबालिका तथा बृद्ध बाआमाहरु निकै रमाएका थिए ।

कलाकार दीपक पाठकले अनाथ आश्रममा रहेका नानीबाबुहरुलाई मनोरञ्जन दिनका लागि मात्र नभएर उनीहरुका लागि पनि कलाकारहरुले समय दिनुपर्छ र आफ्ना प्रस्तुतीहरुबाट अनाथ नानीबाबुहरुप्रति शुभकामना दिनुपर्छ भन्ने सन्देशका साथ सो कन्सर्टको आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक राधादेवी शर्मा चालिसेले अनाथ आश्रमका बालबालिका तथा आमाबाहरुको जन्मदिनमा पनि आफूहरुलाई सम्झिएर निमन्त्रणा गर्ने र यस्तो कार्यक्रमको आयोजना गरी जन्म दिन मनाउने संस्कारको थालनी गर्ने तुलसालय परिवारको कार्यको प्रशंसा गरे ।

सो आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेशसनका अध्यक्ष सरु सुवेदीले अनाथहरुका पनि समाजमा कोही छन् र उनीहरुले पनि मनोरञ्जन र माया पाउनुपर्छ भन्ने सन्देश दिनका लागि सांगितीक प्रस्तुति दिने कलाकार र उपस्थित सबैमा विशेष धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ५४ बजे

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा

बेनी-जोमसोम सडक रातिमा बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको

बीजक लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्री गर्दा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।