८ पुस २०८२, मंगलबार | December 23, 2025

‘कला व्यवसायीहरू राज्यबाट उपेक्षित’



भैरहवा । कलाकारहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरु आफ्नाे हकहित, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध हुन जरुरी रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।

नेपाल कमर्शियल आर्टिस्ट संघको प्रथम रुपन्देही भेलामा बोल्दै आर्टिष्टहरुले कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको बताए । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको उनीहरुले आरोप लगाए । दर्ता भएर कर तिरे पनि राज्यको अंगहरुमा आफूहरुकाे पहिचान हुन नसक्नु दुखद् कुरा रहेको भन्दै उनीहरुले व्यवसायलाई मर्यादित बनाउँदै व्यवसायिक सामाजिक सुरक्षाको माग गरे ।

संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद राजवंसीले २०५१ सालदेखि संस्थागत भए पनि सरकारकै उपेक्षाका कारण आफूहरुकाे पहिचान र पेशा संकटमा पर्दै गएकोले संस्थालाई पुनः जीवित गरेर देशव्यापी रुपमा संगठन विस्तारको अभियान चलाइएको बताए ।

अहिले मेचीदेखि महाकालीसम्म अभियानमार्फत् जिल्ला कमिटी गठन गर्दै गएकाे र २८ जिल्लामा समिति गठन भएको उनले भने । कला र क्षमता भए पनि राज्यबाट उपेक्षित भएकोले नयाँ पिँडीलाई यो पेशा तर्फ आकर्षित गर्न, कलाकार श्रमजीवी हो भन्ने गर्भको वातावरण बनाउन र सबै कलाकारहरु एकताबद्ध भई संगठीत हुन यो अभियान चलाइएको उनले भने ।

 

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : ०४ बजे

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप