१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पठान : सलमान र शाहरुखसँगै देखाउन कैयौंपटक पुनर्लेखन



मुम्बई । बक्सअफिसमा शानदार कमाई गरिरहेको सिद्धार्थ आनन्द निर्देशित र शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ प्रति दर्शकको क्रेज उस्तै छ ।

फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ । तर, सायद कमैलाई थाहा होला, फिल्ममा सलमान र शाहरुखलाई सँगै देखाउन फिल्मका लेखक अब्बास टायरवालाले कैयौंपटक स्क्रिप्ट पुनर्लेखन गर्नुपरेको थियो ।

फिल्ममा सलमानले पठानलाई बचाउनका लागि टाइगरका रुपमा केमियो गरेका छन् । दुवैको एक्सन दृश्यका अलावा दुवैको संवादले भावना बोलेको छ । लेखक टायरवालाले हालैमात्र स्क्रिप्ट लेखनका विषयमा कुरा खुलाएका छन् ।

‘जब शाहरुख र सलमान पठान र टाइगरका रुपमा स्क्रिनमा देखिन्छन्, त्यसलाई सन्तुलन गर्न त्यति सजिलो थिएन । पहिलो कुरा दर्शकलाई मनोरञ्जन दिनुथियो र दोस्रो कुरा दर्शक शाहरुख र सलमानमै नअलमललिउन, जसकारण उनीहरुले पठान र टाइगरलाई बिर्सिएलान् भन्ने डर थियो । त्यसकारण स्क्रिप्टमा सन्तुलन राख्नुपर्ने चुनौती थियो’, टायरवालाले भनेका छन् ।

उनले फिल्म ‘पठान’ शाहरुखको फिल्म रहेको कुरालाई पनि सम्झनुपर्ने जिम्मेवारी उत्तिकै रहेको बताएका छन् । ‘किनकी फिल्ममा टाइगरको प्रवेश गराउनैपर्छ, जसकारण सबैको ध्यान सलमानतिर जान नदिन उत्तिकै चुनौती थियो । तर सलमानलाई शाहरुखको फिल्ममा विशेष प्रवेश गर्नका लागि केही हुनैपर्छ, जुन हेर्दा दर्शक रोमाञ्चित हुन्’, उनले अगाडि भनेका छन् ।

टायरवालाले यही सन्तुलन बनाउनका लागि दुवैको दृश्यलाई कैयौंपटक पुनर्लेखन गरिएको खुलाए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : ४४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा