२३ बैशाख २०८१, आइतबार | May 6, 2024

धार्मिक र सामुदायिक सद्भाव कायम गर्न लुम्बिनी विकास कोषको आपिल



लुम्बिनी । लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सम्बन्धित सबैलाई सहयोगका लागि अपिल गरेको छ ।

लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिबाट भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमको लागि हल प्रयोग गर्न अनुमती दिईएको बिषयलाई लिएर सरोकारवाला संघ संस्थाहरुले चासो, चिन्ता र प्रश्नहरु उठाएर विज्ञप्ती, ध्यानाकर्षण र विरोध जनाएकोमा गम्भिर कोषले ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले आईतबार एक प्रेस विज्ञप्ती जारी गरि बौद्ध दर्शन, परम्परा विपरित नहुने गरि पवित्र उद्यान वाहिर लुम्बिनी साँस्कृतिक केन्द्रमा रहेको सभाहल मात्र प्रयोग गर्न दिएको स्पष्ट पारेका छन ।

नेपाल सरकारको लगानीमा बनेको सभाहल साझा धरोहर रहेको उल्लेख गर्दै कोभिडबाट खुम्चिएको पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमहरुलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिने गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘कोभिडबाट खुम्चिएको हाम्रो पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमहरुलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिँदै आउने क्रममा कोषले मिति २०७९ माघ २१ देखि श्री रामकथा प्रेमयज्ञ समितीलाई २०७९ माघ २९ सम्म प्रयोग गर्न अनुमति प्रदान गरिएको हो । आयोजकले लिनु पर्ने अन्य सरकारी निकायबाट समेत अनुमति लिई सकेको हुँदा हामीले बौद्ध दर्शन, परम्परा विपरित नहुनेगरी पवित्र उद्यान बाहिर लुम्बिनी सांस्कृतिक केन्द्रमा अवस्थित हल प्रयोग गर्न अनुमति प्रदान गरेको सबैमा अनुरोध छ ’ विज्ञप्तीमा उल्लेख छ ।

लुम्बिनीमा निर्माण भएको हलमा बुद्ध र लुम्विनीलाई श्रद्धा राखेर बौद्ध आस्थालाई ठेस नपुर्‍याई गतिविधि गर्न चाहन्छन् भने यसमा आपत्ति गर्नु हुँदैन भन्नै बौद्ध विद्वानहरुको सुझावलाई समेत स्मरण गरेको सदस्य सचिव शाक्यले विज्ञप्तीमा भनेका छन । ‘हामीले अहिले कतिपय संस्थाहरुले बुद्ध जन्मस्थलमा आध्यात्मिक वातावरण बनाउन सघाउ पुर्‍याउने हेतुले राख्नु भएका सुझावहरुलाई अन्तराष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्र सञ्चालन कार्यविधिमा समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।

बुद्ध जन्मस्थल लुम्बिनी, विश्व सम्पदा स्थल, सार्वभौमिक र सार्वजनिक महत्व र बिशेषतायुक्त छ । यो ठाउँमा बिश्वका सबै धर्मावलम्बी संगै बुद्धको नाम सुन्ने जो कोही पनि श्रद्धापुर्वक एकचोटी भ्रमण गर्ने इच्छा राख्ने क्षेत्र भएकाले तथागत बुद्धले महापरिनिर्वाण सुत्तमा लुम्बिनीलाई पनि श्रद्धा, बैराग्य र शान्ति अनुभुति हुने सम्बेजनीय स्थानको रुपमा परिभाषित गरिएको स्मरण गराइएको छ । ‘विश्वका एशिया अमेरिका सबै कुना काप्चाका हरेक जाति धर्म तथा संस्कृति र क्षेत्रका मानिसहरु त्यही बिश्वासका साथ लुम्बिनी आउने जाने गर्दछन् । यही सार्वभौमिक धार्मिक सांस्कृतिक सहिष्णुता नै लुम्बिनीको बिशिष्ट पहिचान हो’ विज्ञप्तीमा भनिएको छ ।

कोषले लुम्बिनीलाई गुरुयोजना बनाई अन्तर्राष्ट्रिय शान्ति सद्भाव तथा बन्धुत्वको केन्द्र बनाउने परिकल्पनाकार संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव उथान्तले लुम्बिनी विश्वका सबै धार्मिक सांस्कृतिक तथा सामाजिक नेताहरु लुम्बिनी आई द्वन्द्व र गरिबीमुक्त विश्व निर्माण गर्न प्रेरणा लिने परिकल्पना समेत गरेको स्मरण गर्दै लुम्बिनीलाई विश्वशान्तिको मुहानको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।

कोषले यहि माघ २१ देखि रामकथा प्रेमयज्ञ समितीलाई आगामि माघ २९ सम्म प्रवचनका लागि अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द प्रयोगका लागि गर्न अनुमति प्रदान गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : ३९ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa