७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतियोगिता सकिएको २ महिनापछि नवौ राष्ट्रिय खेलकुदमा बिजयी खेलाडीको बैंक खातामा पुग्यो ३६ लाख



काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ ।

व्यक्तिगततर्फ ३ सय ४ स्वर्ण पदक विजेतालाई २५ हजारका दरले जम्मा ७६ लाख तथा समूहगततर्फ ५ सय ३६ स्वर्ण पदक विजेतालाई १५ हजारका दरले जम्मा ८० लाख ४० हजार गरी जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ स्वर्ण विजेतालाई भुक्तानी दिनु पर्नेमा तत्कालका लागि भने ३६ लाख २० हजार रुपैयाँ पहिलो चरणमा खेलाडीको खातामा पठाइएको हो । बाँकी रकम क्रमशः भुक्तानी हुने राखेपले जनाएको छ ।

राखेपका अनुसार खेलाडीहरुलाई आ–आफ्नो खातामा सिधै नगद पुरस्कार रकम जम्मा गर्न विभिन्न १६ वटा बैंकहरुबाट भुक्तानी पठाउनु पर्ने भएकाले विवरण तयार गरी बैंकहरुमा पठाउदा खेलाडीहरुको बैंक विवरण फरक परेको तथा विभिन्न बैंकहरु मर्ज भएका कारण पुरस्कार रकम पठाउन कठिनाइ भएकाले तत्कालका लागि भने कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमार्फत पहिलो चरणमा ३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा पठाउनु परेको हो ।

गत कार्तिक ३ गते सम्पन्न भएको राष्ट्रिय खेलकुदको पुरस्कार रकम प्रतियोगिता सकिएको २ महिना पछि पठाउन शुरु गरिएको हो ।

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : १४ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले