८ पुस २०८२, मंगलबार | December 23, 2025

कुँवर परिवारद्वारा मानव सेवा आश्रममा खाना तथा खाद्यान्न सहयोग



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १९ निवासी दिनेश कुँवर, सीता कुँवर र प्रदीप कुँवरले तिलोत्तमास्थित मानव सेवा आश्रममा रहेका ७५ जना आश्रित व्यक्तिलाई खाना खुवाउनुको साथै खाद्यान्न तथा फलफुलसहितका सामग्री हस्तान्तरण गरेका छन् ।

दिनेशकी आमा स्व। छमकला खत्रीको १३ दिनको पूण्यतिथिमा घरमा गरिने पूजाआजाको खर्च कटाएर आश्रममा आश्रित व्यक्तिको सहयोगका लागि यस्तो योजना बनेको कुँवर परिवारले जनाएको छ ।

आमाको स्मृतिमा आश्रममा विभिन्न क्षेत्रबाट न्याय नपाएका नागरिकलाई गरिएको मानवसेवामा थोरै सहयोग पुराउने उदेश्यले यस्तो कामको थालनी गरिएको सहयोगी दिनेश कुँवरले बताए ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका उनले छोरा प्रदीपलाई मानव सेवाका प्रतिवद्ध बनाउन अगाडि सारेको र आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दिनेशकी श्रीमति सीता कुँवरले मानव सेवा आश्रममा अनाथहरुलाई गरेको ठूलो उद्दारमा साथ दिनका लागि पारिवारिक सल्लामा आफूहरु आएको बताउँदै गाउँसमाजमा गरिने खर्चहरु कटाएर यस्तो महत्वपूर्ण सेवामा लागेकाहरुलाई साथ दिन लगाउने प्रतिवद्धता जनाएकी छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : २६ बजे

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप