२३ असार २०८३, मंगलबार | July 7, 2026

शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन



काठमाडौं । काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ ।

गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी ९माधवनारायण मेला० को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरुप सङ्कलन भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

गतवर्ष कोरोनाका कारण भक्तजनका सङ्ख्या कम हुँदा सहयोग रकम कम सङ्कलन भएको थियो । यसवर्ष भक्तजनका सङ्ख्यामा वृद्धि हुनुका साथै शाली नदीमा आसपासमा सञ्चालन गरिएका पसलबाट भाडा उठाएकाले रकम बढी सङ्कलन भएको श्रेष्ठले भनाइ थियो ।

उनका अनुसार सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने छ । मन्दिरमा चढाइएको रकम माधवनारायण मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिने छ ।

एक महिनासम्म चलेको उक्त मेलामा यसवर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भरेको समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १२ : ४५ बजे

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ७ जनाको परीक्षा रद्द

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को

मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन

जनकपुरधाम । संसद्भित्र अध्ययन, अनुसन्धान र बौद्धिक संस्कृतिको विकास हुनु

 सङ्घीय राजधानी काठमाडौं नै डुबानको चपेटामा

काठमाडौं । अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन ।

समस्याग्रस्त तुलसी सहकारीका ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक