८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

कृषकलाई चैते धान लगाउन चटारो


२३ माघ २०७९, सोमबार  

39
Shares

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे(चैते) धान लगाउन चटारो भएको छ ।

कावासोती, गैँडाकोटा, देवचुली, मध्यविन्दु नगरपालिका तथा वियनी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने क्षेत्र हुन् । सो क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर धान लगाउन चटारो भएको हो ।

बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । केन्द्रका प्रमुख गोपाल लामिछानेका अनुसार बर्खे धान प्रतिहेक्टर ३ टनभन्दा बढी उत्पादन हुन्छ भने चैते धान प्रतिहेक्टर तनिदेखि चार टनसम्म उत्पादन हुने गर्दछ ।

खाद्यान्न अभावको परिपूर्तिका लागि चैते धान उत्पादन बढाउनु राम्रो उपाय भएकाले नवलपरासीमा यसको उत्पादन विस्तार गरिदै लगेको लामिछानेले बताए । “चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले खेती गर्न सहज छ । यसको उत्पादन वर्षाको समय हुने भएकाले बाली स्याहार्ने बेला किसानले सजकता भने अपनाउनु पर्छ”, उनले भने ।

गत वर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा ६ हजार १२३ मेट्रिक टन उत्पादन भएको केन्द्रका सुचना अधिकारी शंकर पौडेलले बताए । आर्थिक वर्ष २०७७÷७८ मा सात सय हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो ।

“चैतेधानको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भइरहेको छ । लगानी र उद्देश्यअनुसारको उत्पादन भने अझै हुन सकेको छैन”, सूचना अधिकारी पौडेलले भने । क्षेत्रफल र उत्पादन अझ बढाउन सके अन्यत्र धान निर्यात गर्न सकिने उनको भनाइ थियो ।

सूचना अधिकारी पौडेलकाअनुसार धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधा तथा कृषिमा यान्त्रिकीकरणका लागि अनुदान प्रदान गरेको छ ।

चैतेधानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिन्छ । गैँडाकोटको ११ र १२, कावासोतीको ९ देखि १७ वडामा चैते धानको उत्पादन बढी हुन्छ । उत्पादित चैतेधान कृषकले नै बिक्री गर्छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : ३७ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष