१८ श्रावण २०८३, सोमबार | August 4, 2026

आगलागी हुदाँ १४ वर्षिया बालिकाको मृत्यु , एक घाइते



जुम्ला । चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ ।

लोक बहादुर भण्डारीको घरमा गएराती  साढे १० बजे आगलागी हुदाँ उनकी छोरी  बन्दना भण्डारीको जलेर मृत्यु भएको  प्रहरीले  जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन ।

आगलागी भएको घरमा भण्डारीका सासु  श्रीमती छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । उनका अनुसार लोकबहादुर खुट्टा पोलेको भने अन्य परिवार सहकुशल रहेका छन ।  उनका अनुसार ढुङगा र काठले बनेको तिन तलाको घर टिनको छानोले छाइएको थियो ।

आगो दोस्रो तलाबाट लागेको प्रहरीले अनुमान गरेको छ ।  मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।

प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गरिरहेको छ भने पुरै घर जलेर नष्ट भएको र क्षतिको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : ४० बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क