१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सहकार्य र समन्वयबाट सभा सञ्चालन : उपाध्यक्ष अर्याल



काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताएकी छिन् ।

सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्यालले महिला सांसदको भूमिकालाई प्रभावकारी तुल्याउन आफूले विशेप ध्यान दिने उल्लेख गरिन् ।

उनले भनिन्, “राष्ट्रियसभा र प्रतिनिधिसभाका महिला सासंदलाई मुखरित गरेर महिला मुद्दालाई विशेष ध्यान दिई सहयोगको अनुकूल वातावरण सिर्जना गर्छु ।” उपाध्यक्ष पदको सानो भूमिकालाई प्रभावकारी बनाउन नयाँ शैलीबाट अगाडि बढ्ने उनको भनाइ छ ।

विंसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मिएकी अर्याल हाल वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक निवासी हुन् । तत्कालीन नेकपाको चौंथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गतवर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेकी अर्याल विद्यावारीधिको शोधार्थी हुन् । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गरेकी छिन् ।

तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उनी विंसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ३ : ५८ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र