२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राष्ट्रपतिबाट दुई दुई पटक नागरिकता विधेयक रोकिनु असंवैधानिक : राष्ट्रियसभा उपाध्यक्ष अर्याल



काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर असंवैधानिक काम गरेको आरोप लगाएकी छिन् ।

सिंहदरबास्थित आफ्नो कार्यकक्षमा बिहीबार संसदीय मामिला सम्वद्ध सम्वाददाताहरुसँगको छलफलमा उपाध्यक्ष अर्यालले दुई दुई पटक विधेयक रोकेर असंवैधानिक काम गरेको आरोप लगाएकी हुन् ।

अर्यालले राष्ट्रपति भण्डारी एमालेको मात्रै राष्ट्रपति जस्तै भएको आरोप पनि लगाइन । भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोज्दा समस्या निम्तिएको उनले बताइन । राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागकिरता विधेयक रोकिनु पीडादायी भएको उनले बताइन ।

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन सक्नुपर्ने बताइन । पदीय मर्यादामा बस्न नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको उनको विश्लेषण छ ।

अर्यालले आफुले निस्पक्ष भएर काम गर्न नसके आफु विरुद्ध आवाज उठाउन संचारकर्मीलाई आग्रह पनि गरिन ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १ : २८ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि