४ चैत्र २०८२, बुधबार | March 18, 2026

लुम्बिनीमा रामकथा वाचन शुरु, बुद्धधर्म, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यक्रम गर्न दिने सहमति



बुटवल । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा रामकथा प्रवचन शुरु भएको छ । भारतीय ख्यातीप्राप्त सन्त कथावाचक मोरारी बापुबाट लुम्बिनीमा रामकथा वाचन शुरु भएको हो ।

९ दिनसम्म चल्ने प्रवचनमा नेपाल बाहेक भारत लगायत विश्वभरका दुई हजार बढी श्रद्धालु लुम्बिनी आएको स्थानीय आयोजक समितिका संयोजक राजेशकुमार अग्रवालले जानकारी दिएका छन् ।

आध्यात्मिक गुरु मोरारीले यसअघि नेपालमा सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन गरिसकेका छन । यस्तै काठमाडौं र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भइसकेको अग्रवालले बताए । मोरारी बापुको लुम्बिनीमा शुरु भएको कथा वाचन ९१२ औ कथा वाचन हो । कार्यक्रम स्थलमा दैनिक निस्शुल्क भोजनको व्यवस्था गरिएको छ ।

प्रवचनका लागि लुम्बिनी आएका सन्त मोरारीले सोमबार मायादेवी मन्दिरको दर्शन गर्दै पवित्र भूमीमा आउन पाउँदा परमआनन्द महसुस गरेको बताएका छन् । प्रवचनले लुम्बिनीको पर्यटन प्रवर्द्धन र प्रचार(प्रसारमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।

कथा आरम्भमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, रुपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, प्रदेशसभा सदस्य सिके गुप्ता, अर्का प्रदेशसभा सदस्य सन्तोष पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय र स्थानीय तहका जनप्रपितिनिधिहरुको उपस्थिती रहेको थियो ।

बिरोध गर्नेहरु आए सहमतिमा

बुद्धको जन्मस्थलमा रामकथा गर्न नहुने माग सहित विरोधमा उत्रिएका समुहहरु आजबाट सहमतिमा आएका छन् । स्थानीय प्रशासनको रोहबरमा लुम्बिनी विकास कोषसँग ४ बुँदे सहमति गर्दै रामकथा वाचनको विरुद्ध गरिएका विरोधका कार्यक्रम सो समुहले स्थगित गरेको छ । विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ ।

अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्धधर्म, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने, उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघ संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति भएको छ ।

सहमतिमा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाती महासंघ रूपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र रामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले हस्ताक्षर गरेका छन ।

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेय, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, रूपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : ३८ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको