२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

८ औं मणिमुकुन्द रनिङ कप : दोस्रो दिनको दोस्रो खेलमा गुल्मी विजयी



बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको दोस्रो खेलमा गुल्मी विजयी भएको छ । गुल्मीले जिल्ला भलिबल संघ नवलपरासीलाई ३-१ को सेटमा जित निकालेको हो ।

खेलमा गुल्मीले २५-२१, २७-२५ र १९-२५ र २५-१७ को अंकसहित जित दर्ता गरेको हो । प्रतियोगितामा गुल्मीका चन्द्र कुंवर म्याद अफ दी म्याच घोषित भएका छन् । यसअघि विहान भएको पहिलो खेलमा जिल्ला भबिल संघ नवलपुर विजयी भएको छ । जिल्ला भबिल संघ बागलुङलाई ३-२ को सेटमा नवलपुरले जित दर्ता गर्दै समूह ए बाट क्वाटरफाइनल प्रवेश गरेको हो । समूह ए मा रहेका बागलुङ र म्याग्दी बीच हुने प्रतिस्पर्धापछि जित दर्ता गर्ने समूह उप विजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्ने छ ।

तिलोत्तमा-२ स्थित क्लबको खेल मैदानमा जारी प्रयोगितामा तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पाल्पाका बीच प्रतिस्पर्धा हुने छ । दोस्रो दिनको अन्तिम तथा चौथो खेल जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ बागलुङका बीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ५६ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब