७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कपको उपाधी स्याङजाले उचाल्यो, नवलपुर उपविजेता



बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न प्रतियोगितामा जिल्ला भलिबल संघ स्याङजा विजय भएको छ । जिल्ला भलिबल संघ नवलपुरलाई पराजित गर्दै स्याङजाले रनिङशिल्ड उचाल्न सफल भएको हो ।

उपाधिसँगै स्याङजाले १ लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । योसँगै जिल्ला भलिबल संघले ५ औं पटक मणिमुकुन्द भलिबल कपको उपाधि चुप्न सफल भएको हो ।

जिल्ला भलिबल संघ स्याङजाले नवलपुरलाई ३-१ को सेटमा पराजित गर्न सफल भएको हो । उसले खेलको पहिलो सेट २३-२५ ले गुमाए पनि त्यसपछिका ३ वटा सेट लगातार आफ्नो पक्षमा पार्न सफल भएको हो । एक सेटको खेलपछि आफूलाई लयमा फर्काएको स्याङ्जाले २५-१३, २५-१३, २५-२३ र २५-१६ को अंकमा जित निकाल्न सफल भएको हो । फाइनल प्रतियोगितामा स्याङजाका टिम क्याप्टेन हरी पाण्डे उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी शनिबार नै तेस्रो स्थानका लागि भएको प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वत विजयी भएको थियो । उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो बन्न सफल भएको हो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले पहिलो सेट २४-२६ मा गुमाए पनि त्यसपछिका ३ वटा सेटमा लगातार जित दर्ता गरेको हो । उसले २५-१६, २५-१८ र २५-२१ को अंकसहित जित निकालेको हो । प्रतियोगितामा पर्वतका सन्तोष श्रेष्ठ म्याद अफ दि म्याच घोषित भएका छन् । तेस्रो स्थान हासिल गरेको पर्वतले नगद राशी ५५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी पराजित भएको जिल्ला भलिबल संघ गुल्मीले नगद ३० हजारमा चित्तबुझाउनु परेको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडी बन्दै जिल्ला भलिबल संघ स्याङजाका सञ्जुविक्रम शाहले नगद १० हजारसहित कप तथा प्रमाणपत्रले सम्मानित भएका छन् । यसैगरी विधागत तर्फका बेस्ट सेटरमा जिल्ला भलिबल संघ पर्वतका सुवास कुंवर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर जिल्ला भलिबल संघ स्याङजाका राजन दर्लामी, बेस्ट ब्लकर नवलपुरका सन्तोष राना, वेस्ट स्पाइकर नवलपुरका अशोक श्रेष्ठ, वेस्ट सर्भर स्याङजाका विजय थापा, अनुशासित खेलाडी स्याङजाका सुदिप राना हुन सफल भएका छन् । यस्तै वेस्ट कोचका रुपमा पनि स्याङजाकै अमृत केसी बन्न सफल भए । उनीहरुले जनही नगद ५ हजार पुरस्कार राशीसहित कप र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिता समापनको अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाकी उप प्रमुख जगेश्वरदेवि चौधरीले खेलकूदलाई अब व्यवसायीक रुपमा अघि बढाउनु पर्ने सुझाव व्यक्त गरिन् । तिलोत्तमा नगरपालिकाले खेलकूदलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधिहरुमा खेलकूदलाई जोड्ने काम गरेको बताउँदै उनले यसको बिकासका लागि व्यवसायिकतामा जानु पर्ने कुरालाई दोहोर्याइन् ।

यसैगरी लुम्बिनी प्रदेश खेलकूद परिषदका सदस्यसचिव जयप्रकास भट्टराईले आर्थिक वा भौतिक कारणले गर्दा मणिमुकुन्द क्लबलाई पछि पर्न नदिने प्रतिवद्धा गर्दै साझेदारी गर्न तयार रहेको बताए । खेलकूदको बिकासमा क्लबले गरेको योगदानको प्रशंसा गर्दै खेल गतिविधिलाई अझै अघि बढाउन सुझाब दिए । यस्तै जिल्ला भलिबल संघ नवलपुरका अध्यक्ष सरोज महतोले खेल गतिविधि बढ्दै जाँदा खेलाडीहरुलाई हौसला प्रदान हुनुका साथै व्यवसायीक बन्नका लागि सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ५ : ५६ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२