१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिता : उपाधिका लागि स्याङजा र नवलपुर भिडदैं



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल आज हुंदैछ । मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल आज दिउसो १ बजे हुने भएको हो ।

तिलोत्तमा-२ स्थित क्लबको खेल मैदानमा दिउसो १ बजे हुने फाइनलमा जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रथम स्थानको लागि प्रतिस्पर्धा हुने मुख्य रेफ्री विकास गुरुङले जानकारी दिए ।

फाइनल अघि बिहान १० बजेदेखि तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई र स्याङ्जाले पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, उप विजेताले १ लाख नगद र तृतीय हुने समूहले ५० हजार र सान्त्वना हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैरी बेस्ट सटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । खेल अवलोकनका लागि दर्शकको चाप अत्यधीक भएको र प्याराफिटमा सिट सीमित भएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : २१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर