६ बैशाख २०८१, बिहिबार | April 19, 2024

आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिता : रोचक बन्दै प्रतिस्पर्धा, दर्शकको घुईचोँ (फोटो फिचर)



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिता थप रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाले आयोजना गरेको आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगितामा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरु सहभागी भएको कारणले पनि थप रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको हो ।

आज शुक्रबार अन्तिम ४ का खेलहरु बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रियसँग नवोदित उत्कृष्ट खेलाडीहरु सम्मिलित समूहहरु बीचको प्रतिस्पर्धात्मक खेल हेर्नका लागि दर्शकको घुईचोँ लाग्ने गरेको छ ।

तिलोत्तमा-२ स्थित मणिमुकन्द भलिबल क्लबको खेल मैदानमा जारी प्रतियोगितामा आज शुक्रबार विहान जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुँदै छ । दुबै टिममा अनुभवी तथा राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको हुँदा पहिलो सेमिफाइनल खेलमा कडा प्रतिस्पर्धा हुने बताउँछन् खेल संयोजक सुरेन्द्र गुरुङ ।

अन्तर्राष्ट्रिय खेलाडीहरु कुलबहादुर थापा हरी र चन्द्र कुंवरसँगै उदयमान उत्कृष्ट खेलाडीहरु रहेको गुल्मी जिल्ला यस प्रतियोगिताका लागि उपाधि दाबेदारको रुपमा देखिएको छ । विभागीय टिमबाट खेलिरहेका दुई जना अनुभवी अन्तर्राष्ट्रिय खेलाडीहरुसँगै राष्ट्रिय खेलाडीहरु दिपेन्द्र श्रेष्ठ र चिरञ्जिवी खड्का लगायतका खेलाडीहरुका कारण बलियो आत्मबलका साथ जिल्ला भलिबल संघ मैदानमा उत्रिएको छ । उसले समूह चरणका खेलमा जिल्ला भलिबल संघ नवलपरासी र जिल्ला भलिबल संघ पाल्पालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

शुक्रबार पहिलो सेमिफाइनलमा भिड्ने अर्को समूह जिल्ला भलिबल संघ नवलपुर पनि राष्ट्रिय तथा अनुभवी खेलाडीले भरिपूर्ण छ । अन्तर्राष्ट्रिय खेलाडी दुर्गा महतसँगै राष्ट्रिय खेलाडीहरु घनश्याम चौधरी, हिमाल सुनारी, किरण गुराउँ लगायतको सहभागिताले जिल्ला भलिबल संघ नवलपुर बलियो बनेको छ । अनुभवी खेलाडीसँगै टिममा भरपर्दो समन्वयका कारण उपाधि भिडन्तका लागि आजको खेलबाट छनोट हुने नवलपुरको दाबी छ । दर्शकदीर्घमा समेत शुक्रबारको पहिलो सेमिफाइनल खेलमा स्याङ्जा र नवलपुरले उत्तिकै समर्थन पाउने बताउँछन् आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्द । नवलपुरले जिल्ला भलिबल संघ बाग्लुङ र जिल्ला भलिबल संघ म्याग्दीलाई पराजित गरेको थियो । बागलुङ मणिमुकुन्द रनिङ शिल्ड कपको साविक विजेता टिम समेत हो । समग्रहमा आजको पहिलो सेमिफाइनल खेल दर्शक तथा खेलप्रेमीका लागि हेर्न लायक प्रतिस्पर्धा हुने बताउँछन् प्रतियोगिताका मुख्यम रेफ्री तथा अन्तर्राष्ट्रिय रेफ्री बिकास गुरुङ ।

शुक्रबार नै हुने दोस्रो सेमिफाइनल खेलमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला भलिबल संघ स्याङजामा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका खेलाडीहरु सञ्जु विक्रम शाह, विजय थापा र महेन्द्र श्रेष्ठ सहभागी छन् । महेन्द्र श्रेष्ठ विभागीय टोली एपीएफका क्याप्टेन समेत हुन् । यसैगरी राष्ट्रिय खेलाडीहरु हरि पाण्डे, राजेन्द्र दर्लामी, सन्तोष थापा लगायतका अनुभवी खेलाडी यस टिममा सहभागी छन् । राष्ट्रिय खेलाडी हरी पाण्डे गण्डकी प्रदेश भलिबलका क्याप्टेन समेत हुन् । यो समुहमा नयाँ उदायका खेलाडीहरुको प्रदर्शन समेत उत्कृष्ट देखिएकाले उपाधि दाबेदारको रुपमा हेरिएको छ । जिल्ला भलिबल संघ स्याङ्जाले समूह चरणको खेलमा बलियो मानीएका टिमहरु जिल्ला भलिबल संघ नवलपरासी र जिल्ला भलिब संघ पाल्पालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो

शुक्रबारको दोस्रो सेमिफाइनलमा स्याङजासँग प्रतिस्र्धा गर्ने जिल्ला भलिबल संघ पर्वत पनि उतिकै बलियो र अनुवी खेलाडीले भरिएको टिम रहेको छ । उक्त टिमसँग सुवास कुंवर, रुपेन्द्र गैरे, संजय परियार लगायतका राष्ट्रिय खेलाडीहरु रहेका छन् । अन्य उदयमान खेलाडीहरुको प्रदर्शन समेत निकै उत्कृष्ट र प्राविधिक रुपमा फिट देखिएकाले बलियो टिमको रुपमा लिन सकिने बताउँछन् मणिमुकुन्द भलिबल क्लबका सल्लाहकार मिलन राना । आवश्यकता अनुसार खेल रणिनीति तयार गर्न सक्ने खुबी र खेलाडीहरु बीच बलियो र भरपर्दो समन्वय रहेका कारण यस प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वतलाई पनि बलियो टिमको रुपमा हेरिएको उनले बताए । पर्वतले समूह चरणको खेलमा जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ रुपन्देहीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

फोटो फिचर

 

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ३० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी