२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

८ औं मणिमुकुन्द रनिङ कप : स्याङ्जाद्वारा पाल्पा पराजित



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको तेस्रो खेलमा स्याङजा जिल्ला विजयी भएको छ ।

मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मगलबारदेखि सुरु भएको प्रतियोगितामा समूह डी मा रहेको स्याङ्जाले पाल्पा जिल्लालाई ३–१ को सेटमा जित दर्ता गरेको हो ।

स्याङ्जाले २५-२३, २५-२१, २१-२५ र २५-१९ को अंकसहित जित दर्ता गर्न सफल भएको हो । प्रतियोगितामा स्याङ्जाका संजुविक्रम शाह म्यान अफ दी म्याच घोषित भएका छन् । यसअघि भएका खेलमा गुल्मी र नवलपुर विजयी भएका छन् । जिल्ला भलिबल संघ गुल्मीले नवलपरासीलाई तथा नवलपुरले बागलुङ जिल्लालाई पराजित गरेको थियो ।

नवलपुर समूह ए बाट क्वाटरफाइनल प्रवेश गरेको छ । एमा रहेका बागलुङ र म्याग्दी बीच हुने प्रतिस्पर्धापछि जित दर्ता गर्ने समूह समूह उप विजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्ने छ । बुधबारको अन्तिम खेल म्याग्दी र बागलुङका बीच हुँदै छ ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ४ : ०० बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब