६ पुस २०८२, आइतबार | December 22, 2025

८ औं मणिमुकुन्द रनिङ कप : स्याङ्जाद्वारा पाल्पा पराजित



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको तेस्रो खेलमा स्याङजा जिल्ला विजयी भएको छ ।

मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मगलबारदेखि सुरु भएको प्रतियोगितामा समूह डी मा रहेको स्याङ्जाले पाल्पा जिल्लालाई ३–१ को सेटमा जित दर्ता गरेको हो ।

स्याङ्जाले २५-२३, २५-२१, २१-२५ र २५-१९ को अंकसहित जित दर्ता गर्न सफल भएको हो । प्रतियोगितामा स्याङ्जाका संजुविक्रम शाह म्यान अफ दी म्याच घोषित भएका छन् । यसअघि भएका खेलमा गुल्मी र नवलपुर विजयी भएका छन् । जिल्ला भलिबल संघ गुल्मीले नवलपरासीलाई तथा नवलपुरले बागलुङ जिल्लालाई पराजित गरेको थियो ।

नवलपुर समूह ए बाट क्वाटरफाइनल प्रवेश गरेको छ । एमा रहेका बागलुङ र म्याग्दी बीच हुने प्रतिस्पर्धापछि जित दर्ता गर्ने समूह समूह उप विजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्ने छ । बुधबारको अन्तिम खेल म्याग्दी र बागलुङका बीच हुँदै छ ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ४ : ०० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको