२४ बैशाख २०८१, सोमबार | May 6, 2024

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित



काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा आज भएको उपनिर्वाचनमा दसौंदीले ४ हजार २६ मतभारका साथ निर्वाचित भएका हुन् ।

दसौंदीको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत प्राप्त गरे भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार मात्र पाउन सके ।

गत असोजमा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने सिट रिक्त रहेको थियो ।

यसअघि आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान भएको थियो । मतदानमा
प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ४ : २३ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक