२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

मणिमुकुन्द रनिङ कप भलिबल : समुह चरणको अन्तिम खेल बिहिबार बिहान, साबिक विजेता बागलुङ र म्याग्दी भिडने



बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा जारी आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबार समूह चरणका ३ खेल सम्पन्न भएको छ ।

बुधबारको खेलमा समूह ए बाट नवलपुर, समूह बी बाट गुल्मी तथा समूह डी बाट स्याङजा विजेता बन्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यसअघि मगलबार भएको खेलमा समूह सी बाट पर्वत जिल्ला विजयी हुँदै क्वाटर फाइनल प्रवेश गरिसकेको छ ।

समूह चरण अन्तरगत बुधबारको अन्तिम खेल समय अभावका कारण विहिबार विहानका लागि सारिएको छ । समूह ए अन्तरगत उप विजेताका लागि भएको प्रतिस्पर्धामा बागलुङ र म्याग्दीले समान २-२ सेट जित निकाले पनि अन्तिम सेट खेलाउनका लागि समय अभाव भएका कारण स्थगित गर्न परेको मुख्य रेफ्री बिकास गुरुङले जानकारी दिए । समूह उप विजेताका रुपमा रुपन्देही, पाल्पा, नवलपरासी क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।

विहिबार विहान हुने पहिलो खेल म्याग्दी र बागलुङ मध्ये विजेता टिम समूह चरणको उपविजेता बन्दै क्वाटर फाइनल प्रवेश गर्ने गुरुङले बताए । विहिबार विहान ८ बजेपछि स्थगित खेल पुनः खेलाइने छ ।

प्रतियोगितामा विहिबार क्वाटर फाइनलका ४ खेल हुने छन् । पहिलो क्वाटरफाइनल खेल रुपन्देही र नवलपुर बीच हुने आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए । यसैगरी दोस्रो खेल गुल्मी र पाल्पा बीच हुने छ भने तेस्रो खेल पर्वत र समूह ए बाट उपविजेता बनेर आउने समूहसँग हुने चन्दले जानकारी दिए । विहिबारको अन्तिम खेल स्याङजा र नवलपरासीका बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ०५ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब