६ पुस २०८२, आइतबार | December 22, 2025

मणिमुकुन्द रनिङ कप भलिबल : समुह चरणको अन्तिम खेल बिहिबार बिहान, साबिक विजेता बागलुङ र म्याग्दी भिडने



बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा जारी आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबार समूह चरणका ३ खेल सम्पन्न भएको छ ।

बुधबारको खेलमा समूह ए बाट नवलपुर, समूह बी बाट गुल्मी तथा समूह डी बाट स्याङजा विजेता बन्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यसअघि मगलबार भएको खेलमा समूह सी बाट पर्वत जिल्ला विजयी हुँदै क्वाटर फाइनल प्रवेश गरिसकेको छ ।

समूह चरण अन्तरगत बुधबारको अन्तिम खेल समय अभावका कारण विहिबार विहानका लागि सारिएको छ । समूह ए अन्तरगत उप विजेताका लागि भएको प्रतिस्पर्धामा बागलुङ र म्याग्दीले समान २-२ सेट जित निकाले पनि अन्तिम सेट खेलाउनका लागि समय अभाव भएका कारण स्थगित गर्न परेको मुख्य रेफ्री बिकास गुरुङले जानकारी दिए । समूह उप विजेताका रुपमा रुपन्देही, पाल्पा, नवलपरासी क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।

विहिबार विहान हुने पहिलो खेल म्याग्दी र बागलुङ मध्ये विजेता टिम समूह चरणको उपविजेता बन्दै क्वाटर फाइनल प्रवेश गर्ने गुरुङले बताए । विहिबार विहान ८ बजेपछि स्थगित खेल पुनः खेलाइने छ ।

प्रतियोगितामा विहिबार क्वाटर फाइनलका ४ खेल हुने छन् । पहिलो क्वाटरफाइनल खेल रुपन्देही र नवलपुर बीच हुने आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए । यसैगरी दोस्रो खेल गुल्मी र पाल्पा बीच हुने छ भने तेस्रो खेल पर्वत र समूह ए बाट उपविजेता बनेर आउने समूहसँग हुने चन्दले जानकारी दिए । विहिबारको अन्तिम खेल स्याङजा र नवलपरासीका बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ०५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको