२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएकोछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकार गठनमा समर्थन जनाएका दलहरुबीच देखा पर्ने समस्या समाधान गर्नका लागि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको थियो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको छलफलमा आज संयन्त्र बैठक बोलाउने सहमति भएको थियो ।

गृहमन्त्रालय नपाएपछि सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको छ । नागरिक उन्मुक्ति पार्टीले पूर्वसांसद रेशम चौधरी रिहा नभएसम्म सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने भन्दै अड्डी कसेको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १२ : १२ बजे

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति

सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्बजनिक

काठमाडौं । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सङ्घीय संसद् सचिवालयले

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाई, समर्थकहरुको बाजागाजा सहित स्वागत

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ