२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु



काठमाडौं । बिहिबार स्थगित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हिजो दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको स्थगित बैठक आज शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट बाहिरिने क्रममा उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गरेको थियो । रास्वपाले सरकारलाई समर्थन जारी राख्दै गृहमन्त्रीका सम्बन्धमा संयन्त्रले निर्णय गर्नु पर्ने बताउँदै आएको छ ।

बिहिबार संयन्त्रको बैठक बस्ने भनिएपनि बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ४१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले