३ पुस २०८२, बिहिबार | December 18, 2025

मणिमुकुन्द रनिङशिल्ड भलिबल कप : पर्वत तेस्रो, गुल्मी सान्त्वनामै सीमित



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न पहिलो खेलमा जिल्ला भलिबल संघ पर्वत तेस्रो हुन सफल भएको छ । उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो बन्न सफल भएको हो ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले पहिलो सेट २४-२६ मा गुमाए पनि त्यसपछिका ३ वटा सेटमा लगातार जित दर्ता गरेको हो । उसले २५-१६, २५-१८ र २५-२१ को अंकसहित जित निकालेको हो । प्रतियोगितामा पर्वतका सन्तोष श्रेष्ठ म्याद अफ दि म्याच घोषित भएका छन् । तेस्रो स्थान हासिल गरेको पर्वतले नगद राशी ५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी पराजित भएको जिल्ला भलिबल संघ गुल्मीले नगद ३० हजारमा चित्तबुझाउनु परेको छ ।

यसैगरी उपाधिका लागि जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुदै छ ।

तिलोत्तमा-२ स्थित क्लबको खेल मैदानमा जारी प्रतियोगितामको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  २ : ३१ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन