६ पुस २०८२, आइतबार | December 22, 2025

एमालेलाई सुदूरपश्चिमबाट धक्का लाग्न सुरु भएको छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम सरकार ढल्दा एमालेलाई गम्भीर धक्का लागेको बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सुदुरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरू भएको बताएका हुन् । नेपालले भने, ‘नेकपा एमालेलाई ठूलो धक्का परेको छ । यस्तो धक्का सुदूरपश्चिमबाट सुरू भएको छ, यो त त्यसको पहिलो सुरूवात भएको मात्रै हो ।’ नेपालले सुदुरपश्चिम सरकारमा आफ्नो पार्टी सहभागी हुनुले यो पार्टीको केही अर्थ छैन भन्नेहरुलाई जवाफ मिलेको पनि दाबी गरे ।

अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनपछि मुलुकमा नयाँ राजनीतिक परिवेश बन्ने बनाए ।
‘देश नयाँ परिवेशमा पुग्दैछ । अहिले सबैतिर चर्चा छ, राष्ट्रपति पदको । म राष्ट्रपति हुने भएँ भनेर मान्छेहरू दंग परेका छन्, उनीहरूलाई दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । को–को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । यो मैले संकेत मात्रै गरेको हो ।’

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ३ : ३१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको