६ पुस २०८२, आइतबार | December 22, 2025

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई



धनुषा । धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २-१ ले पराजित गर्दै आर्मीले चौथोपटक उपाधि उचालेको हो । आर्मीका लागि खेलको १७ औँ मिनेटमा सीतामाया वलले पहिलो गोल गरेकी थिइन् । खेलको ५२ औँ मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन् । लुम्बिनीका लागि अनन्या वर्नवालले खेलको सुरुआती गोल गरे पनि अन्य खेलाडीले दोहोरो गोल गर्न सकेनन् ।

प्रतियोगिताका विजेता विभागीय टोली आर्मीले प्रथमको शिल्ड उचाल्दै रु ७५ हजार नगद, मेडलसहित प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपविजेता लुम्बिनी प्रदेशले रु ४० हजार नगद, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको स्थानीय प्रतियोगिता संयोजक अरुणकुमार महतोले बताए ।

त्यसैगरी तृतीय स्थान हासिल गरेको मधेस प्रदेशलाई समेत रु २५ हजार नगद, मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै पाँचौँ संस्करणको सो प्रतियोगिताको बेस्ट खेलाडीको उपाधि उदियमान खेलाडी मधेस प्रदेशका अञ्जलीकुमारी महतोलाई प्रदान गरिएको छ ।

यस्तै बेस्ट स्कोरर नेपाल आर्मीका कमला चन्द, उत्कृष्ट रक्षक आर्मीकै हिमाली थापा, उत्कृष्ट गोलरक्षक लुम्बिनी प्रदेशका प्रतिमा सरोज र प्लेयर अफ द टुर्नामेन्टको उपाधि लुम्बिनी प्रदेशकै पूजा कुमारीलाई प्रदान गरिएको प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिए ।

पाँचवटा संस्करणमा चारवटाको उपाधि आर्मीको पोल्टामा गएको छ । पहिलो संस्करण आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो । त्यस्तै तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली आर्मीले जितेको छ । प्रतियोगिताका विजेता टिमलाई समापन समारोहका मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले पुरस्कार तथा ट्रफीसहित प्रमाणपत्र वितरण गरेका छन ।

धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेलमैदानमा यही माघ २३ गतेदेखि भएको प्रतियोगिता माघ २८ गते समापन भएको थियो । प्रतियोगितामा १३ खेल भएको थियो । नेपाल हक्की सङ्घ र मिथिला नगरपालिकाले संयुक्तरूपमा प्रतियोगिताको आयोजना गरेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : २८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको