१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा राष्ट्रपतिबारे कुनै छलफल भएन



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनबारे कुनै छलफल भएन ।

आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे कुनै छलफल नभएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

‘राष्ट्रपतिको निर्वाचनबारे छलफल भएन । बाहिर आएका कुराहरु भ्रमपूर्ण छन्,’ लिङ्देनले भने, ‘हामीले यो सरकार निर्माणको क्रममा जुन सहमति कायम गरेका थियौं, त्यो सहमतिमा अहिले सत्ता साझेदार दलहरुबीच कुनै विमती छैन । त्यो सहमतिमा कुनै परिवर्तन गर्नुपर्यो भने पनि सहमतिबाटै हुन्छ ।’

बैठकमा सत्ता साझेदार दलहरु आगामी दिनमा पनि थप छलफल र सहकार्यलाई निरन्तरता दिन सहमत भएका छन् । बैठकमा रास्वपाका सभापति रवि लामिछानेले चितवन २ मा छिटो उपनिर्वाचन गर्नुपर्ने माग गरेका थिए । रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको लिङ्देनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङदेन सहभागी थिए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : १६ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै