१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

सानाकिसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण



तिलोत्तमा । देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ ।

सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको बिउ तथा बेर्ना बितरण गरेको हो ।

संस्थाका सदस्यहरुलाई २ वटा निशुल्क र अन्य बिरुवामा सहुलियत तथा गैर सदस्यलाई ५० प्रतिशत सहुलियतमा कृषकहरुलाई हिउँदे तरकारी बालीको बिउ तथा बेर्ना वितरण गरिएको थियो ।

कृषकहरुको आत्मनिर्भरता र तरकारी बिक्री तथा उत्पादनबाट आर्थिक आय स्रोतमा बृद्धि होस् भन्ने उद्देश्यका साथ विभिन्न थरीका हिउँदे तरकारी बालीको बिउ बितरण गरिएको सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहकि अध्यक्ष टिका न्यौपानेले जानकारी दिईन ।

उनका अनुसार लौका, खरभुजा,काँक्रा, करेला, बोडी, भिन्डी, फर्सी र खुर्सानी लगायतका बेर्ना गरी १० थरीको हाईब्रेड तथा लोेकल जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको हो । ‘कृषकहरुले निः शुल्क रुपमा पाएको तरकारीको बिउबाट धेरै भन्दा धेरै तरकारी उत्पादन गरी आर्थिक लाभ लिन अध्यक्ष न्यौपानेले आग्रह समेत गरिन् ।

‘प्रविधि युक्त खेती प्रणालीमा जव सम्म किसानहरु जान सक्नु हुन्न तव सम्म सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न कठिनाई हुन्छ’ उनले भनिन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : ४३ बजे

जनकपुरधाममा होटल पौवाको १९औं शाखा सञ्चालनमा

जनकपुरधाम । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको

देशका विभिन्न भू-भागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने