५ पुस २०८२, शनिबार | December 20, 2025

सानाकिसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण



तिलोत्तमा । देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ ।

सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको बिउ तथा बेर्ना बितरण गरेको हो ।

संस्थाका सदस्यहरुलाई २ वटा निशुल्क र अन्य बिरुवामा सहुलियत तथा गैर सदस्यलाई ५० प्रतिशत सहुलियतमा कृषकहरुलाई हिउँदे तरकारी बालीको बिउ तथा बेर्ना वितरण गरिएको थियो ।

कृषकहरुको आत्मनिर्भरता र तरकारी बिक्री तथा उत्पादनबाट आर्थिक आय स्रोतमा बृद्धि होस् भन्ने उद्देश्यका साथ विभिन्न थरीका हिउँदे तरकारी बालीको बिउ बितरण गरिएको सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहकि अध्यक्ष टिका न्यौपानेले जानकारी दिईन ।

उनका अनुसार लौका, खरभुजा,काँक्रा, करेला, बोडी, भिन्डी, फर्सी र खुर्सानी लगायतका बेर्ना गरी १० थरीको हाईब्रेड तथा लोेकल जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको हो । ‘कृषकहरुले निः शुल्क रुपमा पाएको तरकारीको बिउबाट धेरै भन्दा धेरै तरकारी उत्पादन गरी आर्थिक लाभ लिन अध्यक्ष न्यौपानेले आग्रह समेत गरिन् ।

‘प्रविधि युक्त खेती प्रणालीमा जव सम्म किसानहरु जान सक्नु हुन्न तव सम्म सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न कठिनाई हुन्छ’ उनले भनिन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : ४३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता