३० चैत्र २०८२, सोमबार | April 13, 2026

एटिएम मेसिन तोडफोड गरेर चोरी गर्ने चार जना पक्राउ



काठमाडौं । एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका दुई जनालाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनीहरूसहित चार जनाले सोही महानगरपालिका(१५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर महानगरपालिका(९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर घर भई च्यासल बस्ने २३ वर्षीय कान्छाराम तामाङ, महोत्तरी घर भई सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई ठेचो बस्ने २५ वर्षीय कुशल लामा छन् ।

प्रहरीले उनीहरूबाट चक्कु, क्यामेरा, फलामको रड, खुकुरी, हम्बर र एयरफोन बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : २९ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्