१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

अबदेखि अन्तरबैंक एटिएम कारोबारमा २० रुपैयाँ शुल्क लाग्ने



काठमाडौ । अन्तरबैंक एटिएम कारोबारमा अबदेखि शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै अन्तरबैंक एटिएम कारोबारमा अबदेखि शुल्क लाग्ने जनाएको हो ।

नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्।

यस्तै महिनामा दुई वटा अन्तरबैंक एटिएम कारोबारको शुल्क नलाग्ने राष्ट्र बैंकले जनाएको छ तर सो भन्दा बढीको कारोबारमा भने शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो। यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा शुल्क लिन पाउनुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ९ : ०४ बजे

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौं । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा