२३ असार २०८३, मंगलबार | July 8, 2026

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन



तुलसीपुर । तुलसीपुर-१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उनको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो ।

छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उनको मोबाइलमा फोरजी चल्न थालेको हो । “पहिले फोन गर्न नै डाँडोमा पुग्नुपथ्र्यो, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै पुग्नु पथ्र्यो”, उनले भने, “डाँडोमा पुग्दा पनि राम्रोसँग नेट चल्दैनथ्यो, तर, अहिले यहीको टावर सञ्चालनमा आएपछि घरभित्रैबाट नेट चलाउन पाइएको छ ।”

त्यस्तै सोही ठाउँका पूर्ण पुन पनि घरबाटै फोन गर्न पाउँदा निकै खुसी छन । उनले आफ्नै पहलमा टावर बनेको जनाउँदै टावर निर्माण भएपछि आफूहरुलाई निकै सहज भएको बताए । “मेरै पहलमा टावर निर्माण भएको हो, अहिले यो टावर सञ्चालनमा आएको छ”, उनले भने, “टावर सञ्चालनमा आएपछि अहिले घरबाटै फोन गर्न सकिएको छ ।” छिल्लीकोट दाङको पर्यटकीय गन्तव्य पनि हो । त्यही फोनले काम नगर्दा समस्या हुने गरेको थियो । ‘एनसिएल’ले काम गर्ने गरेको भए पनि ‘एनटिसी’ले काम नगर्दा समस्या हुने गरेको थियो ।

अहिले उक्त टावरले ‘टुजी’ र ‘फोरजी’ सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख तिलक जिसीले बताए । टावर सञ्चालन भएसँगै तुलसीपुरको छिल्लीकोटको कुटिचौर, सक्राम, ग्वारखोला आसपास, रोल्पाको रुन्टीगढी, डुब्रिङलगायतका स्थानमा फोन सेवाको पहुँच पुगेको छ ।

लामो समयको प्रयास पछि आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टावरको शुभारम्भ गरेका हुन । विद्युत् नपुग्दा त्यहाँ लामो समयदेखि टेलिकमको टावर निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन । सो अवसरमा उनले टेलिकमको टावर नपुग्ने ठाउँमा टावर पु¥याएर सञ्चारको पहुँचमा हरेक नागरिकलाई ल्याउने बताए । “अहिले पनि दाङको नाका क्षेत्र, विकट क्षेत्रमा अझै फोन सेवा सहज हुन सकेको छैन”, उनले भने, “ती ठाउँमा टावर पु¥याउने मेरो पहिलो काम हुनेछ ।”

उनले ‘हाइवे’ क्षेत्रमा पनि नेटवर्कको समस्या हुँदा दुर्घटना भएको बेला उद्धारमा समस्या हुने गरेको जनाउँदै तत्काल हाइवेमा फोन सेवाको व्यवस्था मिलाउन टेलिकम कार्यालय प्रमुखलाई निर्देशन दिइसकेको बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले केही छिट्टै दाङको सैघामा निर्माण भएको टेलिकमको टावर पनि सञ्चालनमा ल्याइने जानकारी दिए । त्यहाँ टावर सञ्चालनमा आएपछि बङ्गलाचुलीलगायतका क्षेत्रमा सहज सञ्चारको पहुँच हुने बताइएको छ ।

टेलिकमले छिल्लीकोटसहितका क्षेत्रमा निःशुल्क सिम वितरण गरेको छ । प्रमुख जिसीका अनुसार नयाँ टावर निर्माण भएको स्थानमा नमस्तेको निःशुल्क सिम वितरण गरिएको हो । प्रत्येक नयाँ टावर निर्माण भएको स्थानमा पाँच सय नयाँ सिम वितरण गरिने र आवश्यकताअनुसार सिम थप गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ५२ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको