१६ असार २०८३, मंगलबार | June 30, 2026

तिलोत्तमामा चौथो राष्ट्रपति रनिङ शिल्ड शुरु



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा भएको प्रतियोगितामा नगरभित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाई शैक्षिकसँगै खेलकूदको समेत हब बनाउन लाग्नु पर्नेमा जोड दिए । नगरमा स्तरीय र सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला आवश्यक रहेको बताउँदै उनले त्यसका लागि नगरको सीमित स्रोत र साधनले सम्भव नभएको उल्लेख गरे ।

हरेक क्षेत्रमा तिलोत्तमालाई नमूना बनाउने आफ्नो प्रयास रहेको बताउँदै उनले समग्र खेल क्षेत्रको विकास, शिक्षा तथा स्वास्थ्यको बिकाससँगै नगरलाई हरित शहरको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताए ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले खेलकूदको बिकाससँगै अब व्यवसायिकतालाई जोड दिनु पर्ने बताइन । खेलाडीहरु यसै क्षेत्रमा लागेर जीविकोपार्जन गर्न सक्ने हुनका लागि खेलकूदको व्यवसायिक रुपमा बिकास नै पहिलो कडी भएको उनले बताइन् ।

प्रतियोगितामा ३० स्वर्ण पदकका लागि चार हजार बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता सम्पन्न गर्न गठित सचिवालय संयोजक दीपक खनालले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिए । यस प्रतियोगितालाई नगरपालिकाकै गरिमाको रुपमा हेरिएको उनले बताए ।

रनिङ शिल्डमा छात्र र छात्रा दुबैतर्फ एथलेटिक्स, भलिबल, कबड्डी र मार्शल आर्टका खेलहरु खेलाइने रनिङ शिल्ड प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले बताए । फागुन ३ गतेसम्म हुने प्रतियोगितामा एथलेटिक्सतर्फ सय मिटरदेखि ३ हजार मिटरसम्मका दौड र फिल्ड इभेन्टमा हाइजम्प,लङजम्प,ट्रिपल जम्प,ज्याभलिन थ्रो र सर्टपुटमा छात्र र छात्राले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै भलिबलमा छात्रतर्फ २१ र छात्रातर्फ १८ टिम, कबड्डीमा छात्रतर्फ २० र छात्रातर्फ १५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक खनालले जानकारी दिए ।

यसअघिका प्रतियोगितामा पहिलो संस्करण नवज्योति बोर्डिङ स्कुलले तथा दोस्रो र तेस्रो संस्करणको रनिङ शिल्ड कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा ८ ले जितेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : २६ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी