२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

बुटवलमा फागुन ४ देखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने



बुटवल । बुटवलमा यही फागुन ४ गतेदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ । प्रतियोगिता आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताको फागुन ४ गते बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने बताए ।

प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी हुने उनले बताए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए ।

उनका अनुसार प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ ।
खेलको व्यवस्थापन तथा सञ्चालनका लागि वडा नं ५ का अध्यक्षसमेत रहेका पूर्वखेलाडी हरिप्रसाद श्रेष्ठको नेतृत्वमा मूल समिति र विभिन्न विधागत उपसमितिहरु गठन भएको प्रचारप्रसार उपसमिति संयोजक सी. पी. खनालले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटनका दिन कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति रहने उनले बताए ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : १५ बजे

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं

रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि