२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलमा फागुन ४ देखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने



बुटवल । बुटवलमा यही फागुन ४ गतेदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ । प्रतियोगिता आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताको फागुन ४ गते बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने बताए ।

प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी हुने उनले बताए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए ।

उनका अनुसार प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ ।
खेलको व्यवस्थापन तथा सञ्चालनका लागि वडा नं ५ का अध्यक्षसमेत रहेका पूर्वखेलाडी हरिप्रसाद श्रेष्ठको नेतृत्वमा मूल समिति र विभिन्न विधागत उपसमितिहरु गठन भएको प्रचारप्रसार उपसमिति संयोजक सी. पी. खनालले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटनका दिन कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति रहने उनले बताए ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : १५ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११