२० मंसिर २०८२, शनिबार | December 6, 2025

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने



विराटनगर । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ ।

औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिए ।

मोरङमा यस अघि ११ औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो । “सफलता प्राप्त नभएपछि १२ औँ पटक औषधि खुवाउन लागेका छौँ”, प्रमुख मेहताले भने– “यो अभियान १४ दिनसम्म सञ्चालन गर्छौँ ।” गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधिसहित तीन प्रकारको औषधि खानुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ३१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति