६ पुस २०८२, आइतबार | December 22, 2025

चौथो तिलोत्तमा रनिङशिल्डको समापन आज, १० स्वर्णसहित कुंवरवर्तीको अग्रता



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा जारी चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा-८ ले फराकिलो अग्रता कायम गरेको छ । कुल ३० स्वर्ण पदक मध्ये २० वटा इभेन्टका खेलहरु सकिंदा कुंवरवर्तीले १० स्वर्ण पदक जित्दै अग्रता हासिल गरेको हो ।

वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा भएको जारी प्रतियोगितामा पशुपति मावि कोटिहवाले २ तथा होराइजन जीबीएस, जनजागृति, शान्ति नमूना,टिकुलिगढ मावि,सेन्ट जोसेफ बोर्डिङ, न्यू इन्भाइरन्मेन्ट, पर्ल एकेडेमी र सिद्धार्थ बोर्डिङ स्कूलले एक–एक स्वर्ण पदक जितेका प्रतियोगिताको एथलेटिक्स संयोजक मित्रलाल न्यौपानेले जानकारी दिए ।

यस्तै छात्र छात्रा भलिबलतर्फ कुंवरवर्ती बोर्डिङ स्कूल फाइनलमा प्रवेश गरेको छ । उसले छात्रतर्फ जनज्योति मावि र छात्रातर्फ सेन्ट जोसेफसंग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भलिबल संयोजक मिलन रानाले जानकारी दिए ।

यस्तै कबड्डीतर्फ छात्राको फाइनलमा होराइजन जीबीएस र नवज्योति, छात्रतर्फ पहिलो सेमिफाइनलमा नवज्योति र पश्चिम पहुनी माविबीच हुने छ । दोस्रो सेमिफाइनल खेल सेन्ट जोसेफ र शान्ति नमूना माविबीच हुने कबड्डी संयोजक राजेन्द्र केसीले जानकारी दिए । नगरभित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गरेका तिलोत्तमा नगरपालिकाका शिक्षा शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

प्रतियोगिताको आज बिहान ११ बजे समापन हुने भएकाले नगरभित्रका विद्यालयका शिक्षक र प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई उपस्थित हुन प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले आग्रह गरेका छन् ।

यसअघिका प्रतियोगितामा पहिलो संस्करण नवज्योति बोर्डिङ स्कुलले तथा दोस्रो र तेस्रो संस्करणको रनिङ शिल्ड कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा ८ ले जितेको थियो ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ३५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको