६ पुस २०८२, आइतबार | December 22, 2025

स्कटल्यान्ड तीन खेल अगावै आईसीसी विश्वकप क्रिकेट लिग-२ च्याम्पियन



काठमाडौं । स्कटल्यान्ड तीन खेल अगावै आईसीसी विश्वकप क्रिकेट लिग-२ च्याम्पियन बनेको छ । तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जितसँगै ३३ खेलबाट ४८ अंक जोडेलगत्तै तीन खेलअगावै सात देश सम्मिलित लिग-२ च्याम्पियन बनेको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई १० विकेटले हराएसँगै स्कटल्यान्ड तीन खेल अगावै लिग-२ च्याम्पियन बनेको हो ।

जसअनुसार ओमानले ४४ अंकले दोस्रो स्थानमा छ, तेस्रो स्थानमा रहेको नामिबियाको ३२ खेलबाट ३७ अ‌‌क छ । बुधवार किर्तिपुरस्थित टियु मैदानमा नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२‍१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो ।

चौथो स्थानको अमेरिकाले ३६ खेलबाट ३५ अंक जोडेको छ। उता, पाँचौँ स्थानको युनाइटेड अरब इमिरेट्स (यूएई) ले २६ खेलबाट २७  र छैटौँ स्थानको नेपालले २५ खेलबाट २० अंक जोडेको छ । तालिकाको अन्तिमा  पपुवा न्युगिनीले २८ खेल खेल्दा पाँच अंक मात्र जोड्न सकेको छ ।

लिगको शीर्ष तीन स्थानमा रहने टिमले यसै वर्ष हुने एकदिवसीय विश्वकपको छनोटमा सिधा प्रवेश पाउनेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : १२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको