२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

तिनाउ बोर्डिङ खेल महोत्सव-२०७९ : आज सिनियर तथा जुनियर लेभलका खेलहरु सम्पन्न



बुटवल । तिनाउ ईङ्लिस बोर्डिङ स्कूलको खेल महोत्सव-२०७९ अन्तर्गत आज बुधबार सिनियर तथा जुनियर लेभलका खेलहरु सम्पन्न भएका छन् । सिनियर तर्फ (कक्षा ८, ९, १०) को छात्र १०० मिटर दौडमा कक्षा १० होपका समिर बम्रेल प्रथम, कक्षा ८ होपका सजिज बुढाथोकी द्वितीय र कक्षा ९ फेथका सुजन राना तृतीय भएका छन् ।

छात्र २०० मिटर दौडमा कक्षा ९ होपका बिकास गहतराज प्रथम, कक्षा ८ होपका सजिज बुढाथोकी द्वितीय र कक्षा १० फेथका पवन थापा तृतीय भएका छ्न् । छात्रा १०० मिटर दौडमा कक्षा ९ फेथकी सिम्रन श्रेष्ठ प्रथम, कक्षा ९ फेथकी रन्जना गाहा द्वितीय र कक्षा १० फेथकि सायेना रम्तेल तृतीय भईन् । सोही समूह तर्फ भएको छात्रा २०० मिटर दौडमा कक्षा ९ फेथकी अस्मिना भण्डारी प्रथम, कक्षा ९ फेथकि सृजना बुढाथोकी द्वितीय र कक्षा ९ फेथकी रन्जना गाहा तृतीय भईन् ।

छात्र तर्फको हाईजम्प खेलमा कक्षा १० होपका समीर बम्रेल प्रथम, कक्षा ९ होपका सुगम बि.क द्वितीय र कक्षा ९ फेथका ऋषि बि.क तृतीय भए । छात्रा हाई जम्पमा कक्षा ९ फेथकी प्रज्ञा कठायत प्रथम, कक्षा १० फेथकि पुर्णिमा गुरुङ द्वितीय र कक्षा ९ होपकी सुपृया पुन तृतीय भइन् । छात्रा तर्फबाट भएको लङजम्पमा कक्षा ९ फेथ कि प्रज्ञा कठायत प्रथम, कक्षा ८ होपकी भुमिका सारु द्वितीय र कक्षा १० फेथकी सायना रम्तेल तृतीय भएकी छिन ।

छात्रतर्फको लङजम्पमा कक्षा १० होपका समीर बम्रेल प्रथम, कक्षा ९ फेथका सुजन राना द्वितीय कक्षा ८ होपका सजिज बुढाथोकी तृतीय भए । छात्रा तर्फको ४०० मिटर रिले दौडमा कक्षा ९ फेथको रन्जना गाहा, किर्मिका सुनार प्रज्ञा कठायत र सृजना बुढाथोकीको समूह प्रथम, कक्षा ८ होपका मोलिका थापा, आयुसमा बराल, भुमिका सारु र इशा झेडीको समूह द्वितीय भयो भने कक्षा ९ फेथ का अस्मिना भण्डारी, युरि पुन प्रकृति कार्की र सिम्रन श्रेष्ठको समूह तृतीय भएको छ ।

सिनियर तर्फकै छात्र ज्याभलिन थ्रो खेलमा कक्षा ९ का सफल परियार प्रथम कक्षा १० का सन्दिप बम्रेल द्वितीय र कक्षा ८ का सजिज बुढाथोकी तृतीय भए । जुनियर९कक्षा ५,६,७० तर्फको गणितीय दौडमा छात्र तर्फबाट कक्षा ७ अभिनभ ज्ञवाली प्रथम, कक्षा ७ का निर्देश महत द्वितीय र कक्षा ६ का इशान भट्टराई तृतीय भए । त्यस्तै छात्रा तर्फको कक्षा ६ की खुसी निशा बानु प्रथम, कक्षा ६ कि बिनु खाती द्वितीय र सर्बानी गुरुङ तृतीय भए ।

छात्रा तर्फको १०० मिटर दौडमा कक्षा ५ कि आरभी पौडेल प्रथम कक्षा ६ कि ऐस्वर्या कार्की द्वितीय र कक्षा ६ कै खुसी निशा बानु तृतीय भइन सोही खेलमा छात्र तर्फको खेलमा कक्षा ७ का सरद खत्री प्रथम कक्षा ७ कै सचिन थापा द्वितीय र अभिनभ ज्ञवाली कक्षा ७ कै तृतीय भए । जुनियर (कक्षा २, ३, ४) तर्फको तातो आलु खेलमा कक्षा ४ का अन्कुश रेग्मी प्रथम, कक्षा ३ का सेलिना बस्नेत द्वितीय र कक्षा २ का यलेकस पटेल तृतीय तथा म्युजिकल कुर्सी दौडमा कक्षा ३ कि एन्जल नेपाल प्रथम, सायस राना द्वितीय र आयुस खत्री कक्षा २ का तृतीय भए ।

तिनाउ खेल महोत्सव २०७९ सिनियरका आजका खेल लुम्बिनी वाणिज्यको खेलमैदानमा भएका छन भने अन्य खेल स्कुलकै खेलमैदानमा सम्पन्न भएका हुन् प्राचार्य सिता पाण्डेले बताए । खेल सकिएपछि ५ गते पुरस्कार बितरण समारोह हुने अध्यक्ष यज्ञमूर्ति पाण्डेले जानकारी दिए । खेल महोत्सवमा १ हजार २ सय बिद्यार्थी सहभागि छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : ०४ बजे

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको

स्रोत नखुलेको झन्डै १ करोड रकम सहित रुपन्देहीका समिर र मिलन काठमाडौंमा पक्राउ

काठमाडौं । स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित रुपन्देहीका २

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौं। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल