४ चैत्र २०८२, बुधबार | March 19, 2026

युवालाई गाउँमै रोक्न निःशुल्क लोकसेवा र शिक्षा सेवा आयोगको तयारी कक्षा



गुल्मी । युवालाई गाउँमै रोक्नका लागि गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्थायी जागिरका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । लोकसेवा आयोग र शिक्षा सेवा आयोगमा आकर्षित गर्नका लागि गाउँका ४६ युवालाई १८ दिने निःशुल्क कक्षा संचालन गरिएको हो ।

पहिलो चरणका परीक्षामा सहभागी र यसतर्फ आकर्षित गर्न अभिमुखीकरण गरी विभिन्न चरणमा कार्यक्रम चलाइएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताए ।

कक्षामा मुख्य गरेर पृष्ठपोषण प्रदान गरिएको छ । सहभागी प्रशिक्षर्थी मञ्जु पुन आफूहरू यही कुरा सिक्न तम्घास, बुटवल र काठमाडौँ जान नपरेकामा खुसी छिन् । अर्का प्रशिक्षार्थी ईश्वरी पौडेलले गाउँपालिकाको रचनात्मक कामबाट आफूहरू गाउँमै बसेर अभिमुखीकरणका कक्षा लिन पाएको बताए । सहभागी प्रशिक्षार्थीले यस्तै कक्षा आगामी दिनमा पनि चलाउनुपर्ने बताएका छन् ।

प्रशिक्षकका रूपमा गाउँपालिकाका अधिकृतस्तरका कर्मचारी रहेका छन् । गाउँपालिकाका अध्यक्ष युवराज केसीले चन्द्रकोट क्षेत्रमा लोकसेवा र शिक्षक सेवामा कम आर्कषण रहेकाले आफूहरूले निःशुल्क कक्षा सञ्चालन गरेको बताए । “हाम्रो भूगोलबाट निजामती र शिक्षक कर्मचारीमा कम आकर्षण छ”, उनले भने, “बाध्यताले बाहिर पढ्न जाने बाध्यताको अन्त्य गरेका हौँ ।” उनले पहिलो चरणमा निःशुल्क कक्षा सकिए पनि थप कार्यक्रम ल्याउने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : २८ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन