२५ मंसिर २०८०, सोमबार | December 11, 2023

नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता : भेरी रकर्स र कोहलपुरको सहज जित



नेपालगन्ज । नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भेरी रकर्स र कोहलपुर स्पोर्टस एकेडेमीले जित हासिल गरेका छन् ।

कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भेरी रकर्सले रनियापुर युवा क्लबलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको रनियापुरले १७.६ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ६ रन बनाएको थियो । रनियापुरका लागि नफिज खानले अविजित ३४ रन र इरफान खानले ३४ रनको योगदान गरे । भेरी रकर्सका सहिब अन्सारीले ४ विकेट, सुरज दासले ३ विकेट र रकिन राना मगरले २ विकेट लिए । जवाफमा भेरी रकर्सले १४.१ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । भेरीका लागि साहिद अन्सारीले ६३ रन, समसुद्धिन अन्सारीले २४ रन र सद्धाव अन्सारीले अविजित १७ रन बनाए । रनियापुरका समसुद्धिन खानले १ विकेट लिएका थिए । खेलमा भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द म्याच घोषित भए ।

अर्को खेलमा कोहलपुर क्रिकेट एकेडेमीले धारा मंगोलियन क्लबलाई १ सय ५ रनले पराजित गरेको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको कोहलपुर क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७२ रन बनाएको थियो । टोलीका लागि अनुपम सिंहले ३० रन, बिनायक गिरीले २८ रन, असमित शाहीले अविजित २२ रन, र लभकुश यादवले अविजित १८ रन बनाए । ओपनर दिपेन्द्र रावतले १९ रन बनाए ।

वलिङमा मंगोलियनका हिमाल मल्ल र राजेन्द्र डाँगीले २–२ विकेट लिए । जवाफम मंगोलियनले १७.४ ओभरमा १० विकेटको नोक्सानीमा ६७ रनमात्र बनाउन सक्यो । टोलीका लागि मोहम्मद कामिलले २० रन बाहेक अन्यले राम्रो रन बनाउन सकेनन् ।

कोहलपुरका निशान्त आचार्यले २ विकेट लिए । खेलमा कोहलपुरका अशमित सहानी प्लेयर अफ द म्याच घोषित भए ।
बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामाविधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ५४ बजे

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

चितवन । बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन