१६ असार २०८३, मंगलबार | June 30, 2026

नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता : भेरी रकर्स र कोहलपुरको सहज जित



नेपालगन्ज । नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भेरी रकर्स र कोहलपुर स्पोर्टस एकेडेमीले जित हासिल गरेका छन् ।

कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भेरी रकर्सले रनियापुर युवा क्लबलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको रनियापुरले १७.६ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ६ रन बनाएको थियो । रनियापुरका लागि नफिज खानले अविजित ३४ रन र इरफान खानले ३४ रनको योगदान गरे । भेरी रकर्सका सहिब अन्सारीले ४ विकेट, सुरज दासले ३ विकेट र रकिन राना मगरले २ विकेट लिए । जवाफमा भेरी रकर्सले १४.१ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । भेरीका लागि साहिद अन्सारीले ६३ रन, समसुद्धिन अन्सारीले २४ रन र सद्धाव अन्सारीले अविजित १७ रन बनाए । रनियापुरका समसुद्धिन खानले १ विकेट लिएका थिए । खेलमा भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द म्याच घोषित भए ।

अर्को खेलमा कोहलपुर क्रिकेट एकेडेमीले धारा मंगोलियन क्लबलाई १ सय ५ रनले पराजित गरेको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको कोहलपुर क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७२ रन बनाएको थियो । टोलीका लागि अनुपम सिंहले ३० रन, बिनायक गिरीले २८ रन, असमित शाहीले अविजित २२ रन, र लभकुश यादवले अविजित १८ रन बनाए । ओपनर दिपेन्द्र रावतले १९ रन बनाए ।

वलिङमा मंगोलियनका हिमाल मल्ल र राजेन्द्र डाँगीले २–२ विकेट लिए । जवाफम मंगोलियनले १७.४ ओभरमा १० विकेटको नोक्सानीमा ६७ रनमात्र बनाउन सक्यो । टोलीका लागि मोहम्मद कामिलले २० रन बाहेक अन्यले राम्रो रन बनाउन सकेनन् ।

कोहलपुरका निशान्त आचार्यले २ विकेट लिए । खेलमा कोहलपुरका अशमित सहानी प्लेयर अफ द म्याच घोषित भए ।
बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामाविधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ५४ बजे

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस