१७ माघ २०८२, शनिबार | January 31, 2026

कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु



काठमाडौ । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै उत्कृष्ट डिजिटल रेमिट्यान्स कम्पनीको रुपमा स्थापित इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौता संगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन् । साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा बढि भुक्तानी केन्द्र मार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ ।

हाल इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियान जारि रहेको हुनाले अल् अन्सारी एक्सचेन्जको माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सकिनेछ ।

साथै, अल् अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप रु. ७७ को आकर्षक बोनस समेत पाउने छन् र मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन् । सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद अब्दुल रहमानले हस्ताक्षर गरेका थिए ।

अल् अन्सारी कुवेत संगको रेमिट्यान्स सम्झौता बारे बोल्दै कोइरालाले भने, “अल् अन्सारी एक्सचेञ्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग रेमिट्यान्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ । कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको र यहाँ पहिला देखि नै धेरै नेपालीहरुको बसोवास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ”।
अल अन्सारी एक्सचेञ्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यस कम्पनीका कुवेतमा मात्र ९ वटा शाखा सञ्चालनमा रहेका छन् भने संसारभरी २०० भन्दा बढी शाखा र ३००० भन्दा धेरै कर्मचारी रहेका छन् । कम्पनीले आफ्ना मूल्यवान ग्राहकहरूलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : १९ बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई

घोषणापत्रमा ‘भिजन-१०’ समेट्दै कांग्रेस, सुशासन र कार्यान्वयन योग्य योजनामा जोड

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने चुनावी

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ