६ पुस २०८२, आइतबार | December 22, 2025

बार्सिलोना र म्यानचेस्टर युनाइटेडको बराबरीमा



काठमाडौं । युरोपा लिगअन्तर्गत नकआउट चरणको पहिलो लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । बिहीबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोना र युनाइटेडले २-२ गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफमा भने खेल रोमाञ्चक बनेको थियो । ५० औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए तर युनाइटेडका मार्कुस रासफोर्डले ५२ औं मिनेटमा गोल फर्काउदै खेललाई ११ गोलको बराबरीमा ल्याउन सफल भए ।

तर, खेलको ५९ औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेड २-१ ले अघि रह्यो भने ७६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेललाई २-२ को स्थितिमा ल्याएर बराबर बनाए ।

दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा, युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : २५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको