४ पुस २०८२, शुक्रबार | December 19, 2025

तिनाउ बोर्डिङ खेल महोत्सव-२०७९ : महोत्सवका उत्कृष्ट विद्यार्थीलाइ पुरस्कार वितरण



बुटवल । बुटवल ११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा संचालित खेल महोत्सव सम्पन्न भएको छ ।

माघ २७ गतेदेखि विभिन्न तहमा संचालित खेल महोत्सवमा उत्कृष्ट भएका बिद्यार्थीलाइ शुक्रबार एक समारोहका बिचमा पुरस्कार बितरण गरिएको हो ।

खेलमा ३६ विभिन्न बिधामा १ हजार २ सय विद्यार्थीहरु सहभागि भएका थिए ।शुक्रबार पुरस्कार तथा प्रमाणपत्र बितरणका साथै सास्कृतिक कार्यक्रम समेत गरिएको छ । स्कुलकी प्राचार्य सीता पाण्डको अध्यक्षता तथा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष यज्ञमुर्ती पाण्डेको प्रम्ख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

उत्कृष्ट खेलाडीहरुलाइ अध्यक्ष पाण्डे, प्राचार्य सीता पाण्डे,स्कुलका संयोजक नारायण पोख्रेल, सह संयोजक अग्निधर पोख्रेलले पुरस्कार बितरण गरे । कार्यक्रममा बोल्दै प्राचार्य सीता पाण्डेले सहभागि सबैलाइ धन्यवाद र पुरस्कृतलाइ बधाइ दिदै आगामी दिनमा अझै उत्कृष्ट खेल देखाउन आग्रह गरे ।

प्रमुख अतिथि पाण्डेले तिनाउलाइ अध्ययनसंगै खेलकुद तथा विभिन्न बिधामा उत्कृष्ट बनाउने गरि विद्यार्थी तथा शिक्षकले पनि मेहनत गर्नुपर्ने धारणा राखे । कार्यक्रमको संचालन कविता थापा र सुस्मिता आचार्यले गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको