३१ बैशाख २०८१, सोमबार | May 13, 2024

यातायात मजदुर तथा व्यवसायी भलाई कोषमा फुल्लेल निर्वाचित



बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष रुपन्देहीको अध्यक्षमा दिनेश फुल्लेल निर्वाचित भएका छन् । कोषको शुक्रबार सम्पन्न निर्वाचनमा फुल्लेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी डिलबहादुर थापालाई पराजित गर्दै उनी विजयी हुन सफल भएका हुन् ।

निर्वाचनमा फुल्लेलले ३०९ मत प्राप्त गर्दा थापाले ८९ मत प्राप्त गरेका थिए । यसैगरी महासचिव पदमा योगबहादुर गुरुङ निर्वाचित भएका छन् उनले अर्को उम्मेदवार मुक्तिराम खरेललाई पराजित गरेका छन् । गुरुङले ३२८ मत पाउँदा खरेलले ७१ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष पदमा प्रकाशकुमार नेपाल ३२७ मत प्राप्त गरि विजयी हुँदा उनीसँग प्रतिस्पर्धा गरेका चिरञ्जिवी पाण्डेले ७१ मत प्राप्त गरेका छन् ।

कोषको अन्य पदाधिकारीहरुमा भने यसअघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामराज पोखरेलले जानकारी दिए ।

संयोजक पोखरेलका अनुसार उपाध्यक्षमा छविलाल थापा र सचिवमा विजेश न्यौपाने निर्विरोध भएका छन् । अन्य १२ जना कार्यसमिति सदस्यहरु पनि निर्विरोध भएका छन् । सदस्यहरुमा किशोर क्षेत्री, भक्तिराम शर्मा, अमित अधिकारी, लालकाजी गुरुङ, दिलीप कार्की, श्याम गैरे, अर्जुनकुमार बन्जाडे, सुदर्शन धिताल, चेतबहादुर गुरुङ, लक्ष्मीप्रसाद पाण्डे, नरबहादुर रजाली र प्रकाश गैरे रहेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ०३ बजे

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना : मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

काठमाडौं । अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको

नीति तथा कार्यक्रम प्रस्तुतिको तयारी बारे सभामुख र अध्यक्षबीच छलफल

काठमाडौं । जेठ १ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन सुदूरपश्चिमको प्रदेश सभा बैठक आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ । बैठक