६ बैशाख २०८३, आइतबार | April 19, 2026

सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान



बुटवल । सार्वजनिक तथा निजी सवारी साधनको आवद्धता वृद्धि गर्ने लक्ष्यसहित यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले ८७ दिने अभियान सुरु गरेको छ ।

कोषले यो अभियानलाई ३ भागमा वर्गीकरण सवारी कोषमा आवद्ध हुने सवारी साधनको संख्या बढाउने योजना बनाएको हो । ८७ दिने अभियानको कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य तथा रुपन्देही भूमि समस्या समाधान आयोगका अध्यक्ष कुमार थापाले आइतबार शुभारम्भ गरेका छन् ।

त्यस अवसरमा बोल्दै उनले धेरै भन्दा धेरी सवारी साधनलाई कोषमा आवद्ध गराएर दुर्घटना न्युनीकरणको अभियानमा प्रभावकारी ढंगले लाग्न आग्रह गरे । यो अभियानको सफलताका कामना गर्दै उनले दुर्घटनापछि हुने संभावित क्षतिबाट राहत दिलाउनका लागि कोषले थालेको यो अभियानले सार्थकता पाउने विश्वास पनि व्यक्त गरे ।

कोषले ८७ दिने विशेष अभियानमा सवारी साधनहरुलाई विशेष छुटको योजना समेत ल्याएको छ । जस अनुसार ठूला गाडीको दर्ता शुल्क २१ सय रुपियाँ लिंदए आएकोमा यो अभियानभर ११ सय कायम गरिएको छ ।

त्यस्तै साना गाडीको दर्ता शुल्क १५ सय लिंदै आएकोमा अभियानभरका लागि ५ सय रुपियाँ कायम गरिएको छ । त्यस्तैनयां सवारी साधनको एकमुष्ट वार्षिक शुल्क काट्नेलाई टिसर्ट प्रदान गरिने छ भने विशेष ८७ दिने अभियानमा सबभन्दा बढी गाडी कोषमा आबद्ध दर्ता गर्नेलाई सम्मान गरिने छ । अभियान सञ्चालनका लागि अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय संचालन कमिटी गठन गरिएको छ ।

उक्त अभियान अन्तर्गत माघ मसान्तभित्र पाल्पा, स्याङ्जा, कास्की, बाग्लुङ, कुश्मा, बेनी, रुकुम पूर्व, नवलपुर, चितवन, मकवानपुर, पर्सा, सर्लाही, सिराहा, सुनसरी, मोरङ सम्मका विभिन्न स्थानमा भलाई कोषको टोली पुग्ने अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । “त्यसक्रममा यातायात व्यवसायी प्रा.लि.तथा यातायात व्यवसायी समिति, विभिन्न प्रकारका यातायातका सवारी साधनका व्यवसायी संघसंग भेट गर्नुका साथै प्रशिक्षण कार्यक्रम संचालन गरिने छ भने हेटौडा र विरगञ्जमा कार्यालयको स्थापना गरिने छ”–अध्यक्ष फुल्लेलले भने ।

त्यस्तै कोषले आगामी फागुन १ गतेदेखि रुपन्देही जिल्लाका उद्योग वाणिज्य संघ तथा उद्योग संघ लगायतका संघ÷संस्था तथा विभिन्न कलकारखाना, फ्याक्ट्री, सिमेण्ट फ्याक्ट्री, तथा ईट्टाभट्टा लगायत अन्य व्यावसायिक संघ संस्थामा भेटघाट तथा अभियान संचालन गर्ने कोषका उपाध्यक्ष छविलाल थापाले बताए ।

सम्भावित स्थानमा शाखा विस्तारको अभियान अन्तर्गत दाङ जिल्लाको तुलसीपुर लगायत अन्य स्थानमा पनि शाखा बिस्तार तथा कोष बृद्धि अभियान लुम्बिनी प्रदेशभर चलाउने, ८७ दिनको उपलब्धि प्रगति विशेष अभियानमा आइपरेका समस्या, उपलब्धि, चुनौती सबैको समीक्षा गरी आगामी बैशाख ३ गते कोषको स्थापना दिवसको दिन अभियान समापन गरिने कोषका महासचिव योगबहादुर गुरुङले जानकारी दिए ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले पशुपंक्षीको मृत्युमा पनि लगानी गर्दै आइरहेको छ । त्यस्तै निर्जिव दुर्घटनामा समेत लगानी गरी व्यवसायीलाई दुर्घटनाको झन्झटबाट मुक्त गराउने गरिएको कोषका सचिव विजेश न्यौपानेले बताए । कोषमा वार्षिक मासिक शुल्क बुझाइरहेका सवारी दुर्घटनामा परी अंगभंग भएका असहाय, अपाङ्ग मजदुरहरुलाई मासिक रुपमा कोषले अपाङ्ग मजदुर सहयोग गर्दै आइरहेको कोषका कोषाध्यक्ष प्रकाशकुमार नेपालले बताए ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १ : ३९ बजे

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला