३ आश्विन २०८३, शनिबार | September 19, 2026

खजुराको १८ सय मिटर सडक सम्पन्न गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन



नेपालगन्ज । नेपाल सरकारका उप–प्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बाँकेको खजुरामा अलपत्र अवस्थामा रहेको १८ सय मिटर सडक तुरुन्त सम्पन्न गर्न सडक डिभिजनका प्रमुखलाई निर्देशन गरेका छन् । खजुरा गाँउपालिकाको जनप्रतिनिधिहरुसंगको छलफलमा जनप्रतिनिधिहरुले सडकको बेहालका बारेमा गुनासो गरेपछि मन्त्री श्रेष्ठले डिभिजन प्रमुखलाई तुरुन्त कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

सरकारी योजनाहरुको अनुगमन गर्न खजुरा पुगेका मन्त्री श्रेष्ठलाई गाँउपालिकाका अध्यक्ष डम्बर विकले स्वागत गरेका थिए । उनले स्वागतकै क्रममा खजुराको १८ सय मिटर सडक ५ वर्ष देखि अलपत्र पारिएको गुनासो गरेका थिए । संघीय सरकारको बजेटमा बनाउन शुरु गरेर अलपत्र पारिएको सो सडक २०७४ सालमा ठेक्का भएको थियो । उनले २०७७ सालमा योजना सम्पन्न गर्नु पर्नेमा हाल सम्म नभएको भन्दैं त्यसलाई तत्काल पुरा गर्नमा अध्यक्ष विकले मन्त्रीलाई अनुरोध गरे । ५ वर्ष बित्दा १८ सय मिटर बाटो नबन्दा खजुराका जनताले दुःख पाईरहेको भन्दैं त्यसमा ध्यान दिन मन्त्रीलाई आग्रह गरे ।

सोही क्रममा मन्त्री श्रेष्ठले सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नमा सरकारले काम गर्ने गरि योजना अगाडी सारेको बताए । बाँकेमा रहेको अपुरा भौतिक पुर्वाधारको कामहरुलाई तत्काल छिटो सम्पन्न गर्नको लागि सम्बन्धित निकायलाई श्रेष्ठले निर्देशन दिए ।मन्त्री श्रेष्ठले पेडारी नालाको पुल निर्माणको बारेमा नयाँ डिजाइन बनाएर काम गर्न पनि निर्देशन दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  २ : ३५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब