७ माघ २०८२, बुधबार | January 21, 2026

मुलुकको सामु द्रुत विकास अघि बढाउने चुनौती छ : सभामुख घिमिरे



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताएका छन ।

राष्ट्रिय प्रजातन्त्र दिवस-२०७९ को अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले लोकतन्त्र प्राप्तिका लागि लामो चरण सकिएको सन्दर्भ उल्लेख गर्दै विकास अगाडि बढाउने चुनौती रहेको बताए ।

“विसं २००७ मा नेपालमा जहानियाँ राणा शासनको अन्त्य भएर प्रजातन्त्रको आगमन भए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन, लोकतन्त्र प्राप्तिका लागि चेतना भर्न सुरु गरे पनि थप आन्दोलनको जरुरत प¥यो, यसैको सिलसिलामा नेपाली जनताले सुझबुझपूर्ण तबरबाट सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन्”, सन्देशमा भनिएको छ ।

प्रजातन्त्र दिवसका सन्दर्भमा नेपालमा प्रजातन्त्र एवं लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले प्रजातन्त्रप्रतिको निष्ठालाई आत्मसात गर्न हामीलाई यस पावन दिनले सदैव प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन ।

“नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दछु”, सभामुख घिमिरेले भने, “राष्ट्रिय प्रजातन्त्र दिवसले शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।” लोकतन्त्रले परिकल्पना गरेका हाम्रा संस्थाहरुले आफ्ना अभिभारा पूरा गर्न अघि बढेको र सङ्घीयता कार्यान्वयनको चरणमा नै ररिहेका बेला कहीकतै पनि हाम्रा संस्थालाई कमजोर बनाउन नहुने सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : २६ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत