२४ मंसिर २०८२, बुधबार | December 10, 2025

संघीयताको कार्यान्वयनसँगै जनताले दुःख पाउनु पर्ने अवस्थाको अन्त्य भएको छ : मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले संघीयता कार्यान्यनका क्रममा देखिएका कमिकमजोरीलाई क्रमिकहरुपमा हटाउँदै लगिने बताएका छन् । गाँउपालिका रास्ट्रिय महासंघको लुम्बिनी प्रदेश अधिवेशनको उदघाटन गर्दै मुख्यमन्त्री गिरीले संविधानले निद्धिष्ट गरेका कतिपय विषय कार्यान्वयन हुन नसकेको जिकीर गरे ।

उनले गाँउपालिका र नगरपालिका महासंघसँग तालमेल र सहकार्य गरेर अगाडी बढ्न प्रदेश सरकार इच्छुक रहेको बताउँदै अनावश्यक बोझ हटाउँदै सहज र सरलढंगले समन्वय गरिने उल्लेख गरे । संघीयताको कार्यान्वयनसँगै जनताले दुख पाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउँदै मुख्यमन्त्री गिरीले तीन तहलाई अधिकार बाँडफाँट गरेर संचालनमा आएको वर्तमान व्यवस्था नै उत्तम व्यवस्था भएको दाबी गरे ।

महासंध्घबाट आएका महत्यपूर्ण सुझावलाई कार्यान्वय गर्ने प्रतिबद्धता जनाउँदै छिटै बाँकी रहेका कानुनहरु निर्माण गरि संघीयतालाई पूर्ण कार्यान्वयनको दिशामा लगिने बताए ।

कार्यक्रममा बोल्दै गाँउपालिका महासंघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेले विषय तोकेर ससर्त बाँडिने खुद्रे बजेटले गाँउपालिकालाई अपजस व्यहोर्न बाध्य बनाएको बताइन् । उनले विषयगत शिर्शकमा खुद्रा बजेट दिनु भन्दा गाँउपालिकाले तयार गरेको योजना कार्यान्वयन हुने गरि एकमुष्ठ बजेट विनियोजन गर्दा परिणाम आउन सक्ने दाबी गरिन् । संघीयतको मुल कार्यान्यन स्थानीय तहबाट हुने भएपनि प्रदेश र संघमा समयमा कानुन बन्न नसक्दा अन्यौलता रहेको उनको भनाई छ ।

सिंचाइ, शिक्षा, जग्गाको वर्गिकरण जस्ता विषयवस्तु कानुनले नचिन्ने जिल्लामा लगेर राखिएको गुनासो गर्दै उनले संघ र प्रदेशले समयमा कानुन बनाउन नसक्दा जनताले सेवा प्राप्तीमा सास्ती व्यहोर्नु परेको बताइन् ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष मधुकृष्ण पन्थले समानिकरणको बजेट, ससर्त बजेट र संघर प्रदेशले विनियोजन गर्ने बजेटलाई बैज्ञानिकरण गर्न आवश्यक रहेको बताए । उनले स्थानीय तहको कार्यान्वयनसँगै जनताले घरघरबाटै सेवा पाएको दाबी गर्दै अझै गहिरो अनुभूति दिलाउन छिटो आवश्यक कानुन बनाएर कार्यान्यननमा लैजान आवश्यक रहेको बताए ।

महसंघको अधिवेशनले स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेको आधारमा आजै नयाँ नेतृत्व चयन गरि पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । गत बैशाख ४ गते सम्पन्न स्थानीयतह निर्वाचनको परिणाम अनुसार लुम्बिनी प्रदेशमा कांग्रेसले अध्यक्ष पाउने छ भने एमालेले सचिव र माओवादी केन्द्रले कोषाध्यक्ष पाउने छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : २७ बजे

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

वीरगञ्ज । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ