१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

तिलोत्तमा होम्सको बुकिङ भएका आवासहरु पहिलो चरणमा हस्तान्तरण गरिँदै



बुटवल । अष्टदीप मल्टीनेशनल प्रालिले काठमाडौं उपत्यका बाहिरको पहिलो सुबिधासम्पन्न आवास क्षेत्रमा बनेका आवासहरु पहिलो चरणमा हस्तान्तरणको तयारी गरिएको छ । तिलोत्तमा होम्सको नामबाट २ वर्ष अघि शुरु गरिउको आवास क्षेत्रमा पहिलो चरणमा १६ जनालाई आवास हस्तान्तरणको तयारी गरिएको तालोत्तमा होम्सले जनाएको छ ।

आवास क्षेत्रमा आज पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्ष बुकिङ भएका मध्य १६ जनालाई बैशाख महिना समममा हस्तान्तरणको तयारी गरिउको र ४४ वटा आवास बैशाख भित्रमा तयार हुने होम्सले जानकारी दिएको छ । तिलोत्तमा(७ भलवारीमा निर्माण भइरहेको तिलोत्तमा होम्स सिद्धार्थ राजमार्गदेखि पूर्व ६ विघा क्षेत्रफलमा निर्माण भइरहेको छ ।

व्यवस्थित शहरीकरको उद्देश्यसहित १०९ वटा घर बन्ने परियोजना अन्तर्गत ५५ घर बन्दै गरेकोमा ४४ घर तयार हुने चरणमा पुगेका छन् । निर्माणाधिन आवास क्षेत्रमा कम्पाउण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्सियल कम्प्लेस, सामुदायिक भवन, व्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थक्लब, रेष्टुरेण्ट, सैलून, ब्यूटीपार्लर, ग्रीन जोन रहने कम्पनीका मार्केटिङ हेड सुदिप ढकालले बताए । ढकालका अनुसार परियोजना स्थलभित्र मूल बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहनेछन् । परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ विल्डर्सल गरिरहेको कम्पनीले जनाएको छ ।

परियोजना अन्तर्गत बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्री सरकारले तोकेको मापदण्डअनुसारका हुने र निर्माण कार्य पूर्णतः इञ्जिनियरको सुपरीवेक्षणमा भइरहेको कम्पनीका प्रोजेक्ट इन्जिनीयर बासुदेब नेपालले जानकारी दिए ।

नेपालका अनुसार परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैले गर्ने छ भने परियोजना अन्तर्गत बन्ने घरहरुको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा त्यहाँ रहने सोसाइटी आफैले गर्ने छन् ।

सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुनेगरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकार नीतिअनुरूप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन गर्न थालिएको आवास क्षेत्रमा २ समूहमा घर विभाजन गरिएको छ । समूह ‘ए’ का घरको सूचीकृत मूल्य २ करोड ५० लाख र समूह बी’ का घरको सूचीकृत मूल्य १ करोड ७५ लाख निर्धारण गरिएको छ ।

विशेष गरी मध्यम वर्गको आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १५ धुर जग्गामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिएको छ भने दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिएको छ।

एकीकृत बस्तीमा घर लिन चाहानेहरुलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराइने व्यवस्था भएको कम्पनीका अध्यक्ष नेत्र वनले बताए । विशेष गरी सरकारी कर्मचारी, बैंकका कर्मचारी तथा विदेशमा रहेका नागरिकहरुलाई लक्षित गरी एकै आर्थिक अवस्था भएका व्यक्तिहरु जसले आधुनिक बस्ती र सुरक्षित बस्तीको चाहना राख्नेहरुको परियोजनाका आवासप्रति आकर्षण रहेको अध्यक्ष वनको दाबी छ ।

कम्पनीले सो अवास क्षेत्रका लागि २ अर्व लगानी गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  २ : २२ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै